Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मी काँग्रेसले सडक डिभिजनलाई गरायो ध्यानाकर्षण, निर्माणकार्य समयमै सक्न आग्रह


१०, माघ २०८०
  • 351
    SHARES
  • गुल्मी काँग्रेसले सडक डिभिजनलाई गरायो ध्यानाकर्षण, निर्माणकार्य समयमै सक्न आग्रह

    गुल्मी । नेपाली काँग्रेस गुल्मीले जिल्लामा निर्माणधीन सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा सम्पन्न नभएकोले त्यस क्षेत्रका आम जनताहरु समस्यामा परेको भन्दै सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।

    बुधबार पार्टी सचिव जगदीश भट्टराई, काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति पारिश्वर ढकालले संयुक्त रुपमा सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख इन्जिनियर बाबुराम सापकोटालाई सडक र पुल निर्माणका विषयमा ध्यानाकर्षण पत्र बुझाउनस भएको हो । उहाँहरुले कार्यालयमै गएर डिभिजन प्रमुख सापकोटालाई रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य रोकिएका कारण सडक अस्तव्यस्त हुनुको साथै पुल नहुँदा स्थानीयले सास्ती खेप्नु परेकाले तत्काल काम अगाडि बढाउनका लागि विभागमा पहल गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएको बताईएको छ ।

    रुद्रवेणी–वामीटक्सार हुँदै ढोरपाटनसम्मको सडक यस क्षेत्रकै सबैभन्दा धेरै सवारी र मालवाहक यातायातका साधनहरु चल्ने पुरानो सडक भएकाले प्रत्येक वर्ष बजेट परेर ठेक्का समेत हुने तर निर्माण कार्य समयमा नहुँदा जनताले सास्ति भोग्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत विभिन्न ठाउँहरुमा गएका पहिराहरु र कज्बेहरुको समयमा मर्मत सम्भार नहुँदा कठिनाई भएकाले तत्काल काम अगाडि बढाई दिन पार्टी सचिव जगदीश भट्टराईले डिभिजन प्रमुख सापकोटालाई आग्रह गर्नुभयो । रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत बादरे पहिरो, जोहाङ्ग–खैरेनी बजारको साँघुरो बाटोको बैकल्पिक व्यवस्थाका लागि आवश्यकता अनुसार पहल गरी कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

    यस्तै सो सडकखण्ड अन्तर्गतको नादेवा खोला, डहरे खोला, भार्से खोला, गेदी खोलामा पक्की पुल निर्माणको लागि ठेक्का भइसकेको तर काम समयमा शुरु नभएका कारण समस्या भएकाले सो तत्काल गर्नु गराउनुहुन क्षेत्रीय सभापति ढकालले डिभिजन प्रमुखसँग आग्रह गर्नुभयो । सिंचाई अन्तर्गत रहेको कुलोका लागि सडक डिभिजन कार्यालयले समेत समन्वय गरिदिन आवश्यक रहेको उल्लेख गर्नुभएको थियो । यता ध्यानाकर्षण पत्र बुझ्दै डिभिजन प्रमुख सापकोटाले सडक र पुल निर्माणका विषयमा भएको ध्यानाकर्षणलाई आफुले सक्दो पहल गर्ने प्रतिक्रिया दिनुभएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend