Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कप्तान रोहितको अर्धशतकमा लुम्बिनीमाथि एपीएफको सहज जित


११, माघ २०८०
  • 157
    SHARES
  • कप्तान रोहितको अर्धशतकमा लुम्बिनीमाथि एपीएफको सहज जित

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेशलाई हराउँदै विभागीय टिम एपीएफले तेस्रो जित दर्ता गरेको छ । लुम्बिनीले दिएको १३४ रनको सामान्य लक्ष्य एपीएफले २३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 

    एपीएफको सजह जितमा कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । ४८ बलको सामना गरेका रोहितले चार चौका र १ छक्कासहित ५२ रन जोडे । पुरन विकले ३३ रन जोडेको खेलमा लोकेश बमले १६ रन थपे । बलिङतर्फ सुदूरका अकल अहमदले १ विकेट लिए ।

    यसअघि रुपन्देहीको सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर सुरुआतमा बयाटिङ गरेको लुम्बिनी ४१ ओभरमा १३३ रनमा अलआउट भयो । लुम्बिनीका लागि दिलसाद अलिले सर्वाधिक ३९ रन जोडे । 

    मिर्नाल गुरुङले ३४ रन जोडेको खेलमा विराट भण्डारीले २३ रन थपे भने प्रज्वल थापाले ११ रन थपे । बलिङतर्फ एपीएफका रमेश कुर्मीले ५ तथा भुवन कार्कीले तीन विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend