काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले गण्डकीलाई १ सय ४५ रनले पराजित गरेको हो ।
जितका लागि ३ सय ३६ रनको बिशाल लक्ष्य पछ्याएको गण्डकी ३९ दशमलव ५ ओभर खेल्दै १९० रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको थियो ।
मधेशका लागि अनिल शाहले १२४ रनको शतकीय पारि खेले । त्यस्तै मुलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्यो ।
जितका लागि २४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३० दशमलव ३ ओभर खेल्दा १५० रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।