Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बजेट नआउँदा भुक्तानी दिन समस्या


११, माघ २०८०
  • 171
    SHARES
  • बजेट नआउँदा भुक्तानी दिन समस्या

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा भएका निर्माण ठेक्का सम्झौताभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन् । विभिन्न स्थानमा ठेक्का सम्झौताअनुसार काम नभएको, योजना अलपत्र परेको, निर्माण व्यवसायी काम छाडेर भागेको भन्ने खबर आइरहँदा सन्धिखर्क नगरपालिकामा भएका कामलाई उदाहरणका रूपमा लिइएको छ ।

    सन्धिखर्क नगरपालिका वडा नं. ७ फज्र्याङ्ग, वडा नं ८ किमडाँडा र वडा नं ११ डिभर्नाको स्वास्थ्यचौकी भवन निर्माण सम्झौता मितिभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन् । पन्ध्र महिनामा सम्पन्न गर्ने काम छिटो र छरितो गरी १० महिनामै सम्पन्न भएका हुन् । 

    प्रतिभा खनाल ब्रदर्स/सम्झना जेभीले तीन वडामा स्वास्थ्यचौकी भवन निर्माण २०८१ साल जेठ ७ गतेसम्म सम्पन्न गर्न सन्धिखर्क नगरपालिकामा सम्झौता गरेको थियो । स्वास्थ्य चौकी भवन निर्माण पाँच महिनाअघि नै सम्पन्न भइसकेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

    सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले २०७९ फागुन ८ गते प्रतिभा खनाल ब्रदर्स/सम्झना जेभीलाई १५ महिनामा काम सम्पन्न गर्नेगरी कार्यादेश दिनुभएको र सोभन्दा चाँडै सम्पन्न गरेको निर्माण व्यवसायी कविराम खनालले बताउनुभयो । 

    तीनवटा स्वास्थ्यचौकी भवन निर्माण गर्न मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ७६ लाख ३९ हजार ६०४ पैसा ४० मा निर्माण व्यवसायीले सम्झौता गरेको र सम्झौताअनुसारको काम सम्पन्न गरेर निर्माण व्यवसायीबाट भुक्तानीको लागि निवेदन पेस भइसकेको नगरपालिकाका योजना शाखा प्रमुख डिलकुमार केसी (दिलिप) ले जानकारी दिनुभयो ।

    तीन वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकीभवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सजिलो हुने भएको छ । सङ्घीय सरकारबाट चालु आर्थिक वर्षका लागि विशेष अनुदान शीर्षकमा विनियोजित बजेट अपर्याप्त रहेकोले निर्माण सम्पन्न गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा थप बजेट माग्दा पनि निकासा नभएकोले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाई छ । 

    सन्धिखर्क नगरपालिकाकै चुत्राबेसी, भक्तिटोल, धरम्पानी, अर्घा मैदान सडक स्तरोन्नतीको कार्य २०८० साल माघ २६ गते सम्पन्न गर्ने गरी सम्झौता भएकोमा यो काम पनि झण्डै एक महिना अघि सम्पन्न भएको छ । यो सडक निर्माणका लागि रायमाझी/जयमाता खनाल ब्रदर्स जेभीले २०८० साल माघ २६ गतेसम्म काम सम्पन्न गर्ने गरी  २०७८ साल फागुन ९ गते कार्य आदेश पाएको थियो । 

    सडक निर्माणका लागि जेभीले मूल्य अभिबृद्धि करसहित रु छ करोड १९ लाख १७ हजार ८९९ पैसा  ७४ मा सम्झौता गरेको थियो । यस्तै सन्धिखर्क ९ मा रहेको अर्घा भगवती आधारभूत विद्यालय भवन निर्माण पनि सम्झौता मिति भन्दा दुई महिना अघि सम्पन्न भएको छ ।

    विद्यालय भवन निर्माण २०८० साल चैत ६ गतेसम्म सम्पन्न गर्ने गरी केसी, प्रतीक्षा सृजना जेभीले मूल्य अभिवृद्धि करसहित रु तीन करोड नौ लाख १४ हजार ६३८ पैसा  ४१ मा  ठेक्का सम्झौता गरेको थियो । विकास निर्माणलाई गुणस्तरीय बनाउन समय समयमाअनुगमन, मूल्याङ्कन, ल्याव टेस्ट लगायतका काम पनि नगरपालिकाका प्राविधिकको टोलीले गरेको थियो ।

    कामलाई सही, राम्रो र गुणस्तरीय बनाउन तथा स्टमेट अनुसार काम गराउन नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, नगर उपप्रमुख मिश्रा आचार्य र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालसहितको इन्जिनीयर तथा प्राविधिकको टोलीले अनुगमनलाई पनि निरन्तरता दिएका थिए । जसका कारण काम तोकिएको मिति भन्दा अगावै सम्पन्न हुन सफल भएका हुन् । 

    अर्घाखाँचीमा विकास निर्माण तोकिएको समय भन्दा छिटो सम्पन्न गर्ने निर्माण व्यवसायी हुनुहुन्छ युवा व्यवसायी कबिराम खनाल । अर्घाभगवती विमानस्थलको निर्माणमा तोकिएको मिति भन्दा छिटो काम सम्पन्न गरेर पुरस्कार पनि प्राप्त गर्नुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend