Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अफगानिस्तान ४० ओभरमा अलआउट, नेपालले पायो १४६ रनको लक्ष्य


१२, माघ २०८०
  • 151
    SHARES
  • अफगानिस्तान ४० ओभरमा अलआउट, नेपालले पायो १४६ रनको लक्ष्य

    काठमाडौं । आईसीसी-यू १९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य पेश गरेको छ ।

    दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भएको हो। 

    नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए।

    दीपेश कँडेलले २, गुल्सन झा, तिलक भण्डारी र दीपेश भण्डारीले एक/एक विकेट लिए। ३४ रन बनाउँदा ५ विकेट गुमाइसकेको अफगानिस्तानले त्यसपछि सम्हालिएको प्रदर्शन गरेको थियो।

    कप्तान नसिर खान र फरिदून दाउद्जाइले उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानको पारी सम्हालेका थिए। खानले ३१ रन बनाउँदा दाउद्जाइले २९ रनको योगदान गरे।

    मोहम्मद घजानफारले सर्वाधिक ३७ रन बनाए। हसन इसाखिलले २० रन जोड्दा ४ खेलाडी शून्यमा आउट भए। 

    नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । समूह चरणको अन्तिम खेल खेलिरहेका दुबै टिम सुपर सिक्समा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् ।

    नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

    दक्षिण एसियाका दुई चर्चित १९ वर्षमुनिको टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend