Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रजातन्त्र प्राप्तिमा योगदान पुर्‍याउने नेताहरुलाई कांग्रेसद्धारा सम्मान


१२, माघ २०८०
  • 120
    SHARES
  • प्रजातन्त्र प्राप्तिमा योगदान पुर्‍याउने नेताहरुलाई कांग्रेसद्धारा सम्मान

    काठमाडौँ । नेपाली कांग्रेसले ७८ औं स्थापना दिवसका अवसरमा प्रजातन्त्र प्राप्तिका लागि बिभिन्न कालखण्डमा योगदान पुर्‍याउने अग्रज नेताहरुलाई सम्मान गरेको छ ।

    शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसले पार्टीको स्थापनाकालका सदस्य तथा प्रजातन्त्र प्राप्तिका लागि बिभिन्न कालखण्डमा योगदान पुर्‍याउने योग प्रसाद उपाध्याय र नुतन थपलियालाई सम्मान गरेको हो ।

    कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र प्राप्तीका लागि योगदान पुर्‍याउनेहरुलाई सदैव स्मरण गर्नुपर्ने बताउनुभयो । उहाँले प्रजातान्त्रीक योद्धाहरुका बारेमा सवै नेपालीहरुलाई जानकारी गराउनुपर्ने धारणा राख्नुभयो ।

    त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले देश निर्माणका लागि अग्रजहरुले खेलेको भूमिकाको स्मरण गर्दै अहिले देश निर्माणका लागि योजनाका साथ अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।

    त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले भुइँमा बसेके मान्छेलाई माथि उठाउने र देशको हितमा काम गर्ने कांग्रेसको दायित्व भएको बताउनुभयो । शनिबारबाट कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्ने जानकारी दिदै उहाले सबै क्रियाशील सदस्यलाई वडामा हुने कार्यक्रममा निर्देशन दिनुभयो । 

    भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

    स्थापना दिवस मनाए लगत्तै शनिबारबाट नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ ।‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्ने कांग्रेसले जनाएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend