Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नाडा लुम्बिनीको निर्वाचित कार्यसमितिको पदस्थापना सम्पन्न


१२, माघ २०८०
  • 459
    SHARES
  • नाडा लुम्बिनीको निर्वाचित कार्यसमितिको पदस्थापना सम्पन्न

    बुटवल । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा) लुम्बिनी को तेस्रो साधारण तथा दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद स्थापन शुक्रबार बुटवलमा सप्पन्न भएको छ । 

    अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा) केन्द्रका केन्द्रिय सदस्य नवराज भुषालले नवनिर्वाचित अध्यक्ष गणेश प्रसाद भट्टराईलाई पदस्थापन गराउनु भएको थियोे ।

    सदस्य भुषालले संस्थागत विकासमा जोड दिन सुझाव दिए । भौतिक पूर्वाधार सम्पन्न भएमात्र कार्यसम्पादन राम्रो हुने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गणेश प्रसाद भट्टराईले सबैको सहयोगमा उत्कृष्ट कार्यकाल बनाउने गरि अघि बढ्ने प्रतिवद्घता जनाउनुभयो । सरकारलाई कर तिरेअनुसार नै आफ्ना अधिकारको विषयमा निरन्तर आवाज उठाउने बताउनुभयो । 

    कार्यक्रममा नाडाका संस्थागत उपाध्यक्ष नरेन्द्र बहादुर वलीले बैक वित्तिय संस्थाहरुबाट व्यावसायि ठगिरहेको बताउदै ऋण थप्दै जाने र ब्याज बढ्ने जस्तो जटिल कारण ब्यवसायमा त्रास पैदा भएको उहाँले बताउनुभयो । 

    नाडाको प्रथम बैठकका निर्णय 

    नाडा लुम्बिनीको शुक्रबार बसेको पहिलो बैठकबाट विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैठकबाट दुई जना सदस्यहरु भुमि सापकोटा (रुपन्देही) र शेषमणि गौतम (दाङ) मनोनित गरिएको छ ।

    यसैगरि संघको सल्लाहकारमा गोपाल पाण्डे, अधिबक्ता कृष्ण पाण्डे, प्रेम फौदार, सन्तोष पाण्डे, रबिन्सन श्रेष्ठ, नेत्र ज्ञवाली मनोनित गरेको छ ।

    यसैगरि संस्थाको प्रेस सल्लाहकारमा स्वस्तिक श्रेष्ठ, कपिल ज्ञवालीलाई मनोनित गरिएको बताइएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend