बुटवल l राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला कमिटी, प्रचार प्रसार विभागको आयोजनामा शुक्रबार मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ ।
स्वर्गिय परमानन्द खरेल स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही र प्रेस चौतारी नेपाल, रुपन्देहीका बिचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । तिलोत्तमास्थित मोनालिसा फुटसल एरिनामा भएको प्रतिस्प्रर्धात्मक खेलमा युवा संघ ४—३ गोलले विजयी भएको थियो ।
प्रचार प्रसार बिभाग प्रमुख दिपेस कंडेलले खेलमार्फत संस्थाहरु बिच भाईचारा र आत्मियता बढाउने गरि कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेशका विभागिय ईन्चार्ज मोहन चापागाईंले खेलकुद हरेक वर्ग र उमेरका लागि उत्तिकै महत्वपूर्ण हुने भन्दै मानिस स्वास्थ्य हुन, मनोरन्जन लिनमात्र नभई आर्थिक आयआर्जन हुने गरि ब्यवसायिक बन्न पछिल्लोसमय खेल प्रमुख आर्कषण भएको उल्लेख गर्नुभयो ।
चापागाईंले छोटो समयमा नेपाल क्रिकेट खेलबाट विश्वमा चिनिएको जिकिर गर्दै खेलकुदबाट रुपन्देही विश्वमा नै पहिचान बनाउन सफल भएको बताउनुभयो ।