Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रतिभा खोज्न साहित्यिक कार्यक्रम


१३, माघ २०८०
  • 197
    SHARES
  • प्रतिभा खोज्न साहित्यिक कार्यक्रम

    बाँके । बाँकेको खजुरा गाउँपालिकामा बृहत् साहित्यिक कार्यक्रम सुरु भएको छ । खजुरा प्रज्ञा–प्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि आज यहाँ साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । 

    सातवटा विधामा तीन दिनसम्म कार्यक्रम सञ्चालन गरिने प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गायन, नृत्य, चित्रकला, निबन्ध, कविता, उखान र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।

    “यही माघ १३ र १४ गते सात विधामा प्रतियोगिता गराउने छौँ । माघ १५ गते उत्कृष्ट र विधागत उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृृत गर्ने कार्यक्र छ,” डा. भण्डारीले भन्नुभयो, “यसअघि केही विधामा यस्ता कार्यक्रम आयोजना गरिएको थियो । 

    एकैपटक बृहत्रुपमा सात विधामा पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको हो ।” कार्यक्रम ‘म र मेरो खजुरा’ विषयमा केन्द्रित हुने उहाँको भनाइ थियो । 

    कार्यक्रममा खजुरा गाउँपालिकाका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य माधव शर्माका अनुसार गाउँपालिकाभित्रका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न बृहत् कार्यक्रमको आयोजना गरिएको हो । 

    उहाँले साहित्य र कला क्षेत्रमा सम्भावना भएको पालिका भएकाले प्रज्ञा–प्रतिष्ठानले प्रतिभा खोजीका लागि कार्यक्रम गर्न लागेको बताउनुभयो । 

    यस कार्यक्रमले हरेक वर्ष प्राथमिकता पाउने शर्माले जानकारी दिनुभयो । प्रज्ञा–प्रतिष्ठानले उक्त कार्यक्रम खजुरा गाउँपालिकाको सहयोगमा आयोजना गर्न लागेको हो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend