Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महिलाहरुलाई अधिकार दिलाउन टोल संजाल गठन


१३, माघ २०८०
  • 174
    SHARES
  • महिलाहरुलाई अधिकार दिलाउन टोल संजाल गठन

    बुटवल । तिलोत्तमा नगरपालिका वडा न २ मा विभिन्न सामाजिक गतिविधिहरुमा सकिृय रहेका १८ टोल संघ संस्थाहरुबाट टोल संजालको गठन भएको छ । जसको अध्यक्षमा बसुन्धारा पान्डे मनोनयन हुनुभएको छ । उहाँले उपस्थित सबैलाई धन्यवाद दिदैँ महिलाहरुमा भएका समस्याहरुलाई समाधान गर्न आफ्नो तर्फबाट सक्दो कोसिस गर्ने बताउनुभयो ।  

    वडा स्तरीय टोल संजालका अध्यक्ष क्याप्टेन नर बहादुर कार्कीले महिलाहरुलाई हक अधिकार दिलाउन संजाल गठन गरिएको बताउनुभयो । उहाँले महिलाहरुको उज्वल भविस्यको लागि शुभकामना व्यक्त गर्दै आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    जागृती टोलका वडा अध्यक्ष डिल बहादुर भट्टराईले महिला दिदिबहिनिहरु पिडित छन भनी हामी जनप्रतिनिधिहरुलाई सबै कुरा थाहा हुदैन । त्यसको बारेमा जानकारी होस, हामीले वडाबाट गर्न सक्ने काम वडाबाट गछौँ,वडाबाट गर्न नसकेका कामहरु प्रदेशसम्म पठाउछौँ । महिलाहरुका हरेक दुखमा साथ दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    कार्यपालिका सदस्य सावित्रा पन्थीले जसरी महिलाहरुका समस्याहरुलाई औपचारिकता दिन टोल विकास संघ संस्था गठन गरियो त्यसैगरि यो संस्थालाई बलियो बनाउन हामि सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

    कार्यक्रममा अध्यक्ष बसुन्धारा पान्डे, उपाध्यक्ष  सिता अर्याल, भगवती तिवारी, सचिव देवकी न्यौपाने, कोषाध्यक्ष नेत्र कुमारी शर्मा सापकोटा, सह सचिव कमला पन्थी, सदस्यहरु लक्ष्मी पौड्याल, टीका ज्ञवाली, देवी आचार्य, रामप्यारी सापकोटा,गिता बस्याल, राधिका बुढाथोकी, सीता थापा कुवर, गीता अर्याल, राममाया पौडेल, विष्णु चापागाईलगायतको उपस्थिति रहेको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend