Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तिलोत्तमाको शान्तिकुञ्जमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने


१३, माघ २०८०
  • 226
    SHARES
  • तिलोत्तमाको शान्तिकुञ्जमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

    तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको समुद्घाटन भएको छ । 

    ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले संयुक्त रुपमा बटन थिचेर, बाटो काटेर समुद्घाटन गर्नुभयो।

    हाल तिलोत्तमाको कोटिहवा, ड्राइभरटोल, भलवारी, र मणिग्राम गरि विभिन्न चोकहरुमा ट्राफिक लाइट जडान छन् ।

    धेरै दुर्घटना हुने क्षेत्र मानेर सो क्षेत्रमा शान्तिकुञ्ज चोक मुख्य सडकमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको पेडेस्ट्रियन क्रसिङ राखेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो।

    दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले पैदलयात्रुलाई बिशेष ध्यानमा राखी सो प्रबिधि जडान गरिएको उहाँको भनाई छ।

    सो अवसरमा बोल्दै नगरउपप्रमुख जगेश्वर देवी चौधरीले नगरको समग्र बिकासका लागि प्रविधिले पनि धेरै प्रभाव पार्ने हुँदा प्रविधिको बिकास संगै भौतिक र मानवीय बिकासलाई जोड दिइएको र फलस्वरूप सेल्फ क्रसिंग प्रबिधि राखिएको उहाँको भनाइ छ। 

    कार्यक्रममा आएका अतिथिलाई स्वागत गर्दै तिलोत्तमा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले नगर बाल मैत्री पछि युवा मैत्री बाताबरण संगै बाताबरण मैत्री बाताबरण निर्माण गर्न यस्ता खाले प्रविधिको सहि सदुपयोग गरि समृद्ध तिलोत्तमा बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो।

    सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक बजिर सिंह बिस्टले ट्राफिक नियमको पालना गरि सवारी चलाएमा दुर्घटना बात बाँचिने समेत बताउनुभयो।

    ‘पैदलयात्रुले स्वीच थिचेको ३ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन् अनि पारीपट्टी यात्रुलाई बाटो काट्ने हरियो मानिसको सिग्नल आएपछि यात्रुले बाटो पार गर्छन् ।

    त्यसको केहीबेरमा हाइवेमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ प्रहरी निरिक्षक बिस्टले भन्नुभयो । सो अवसरमा प्रविधिको बारेमा बोल्दै क्यु सेरा मल्टिप्रपोजका बिबेक श्रेष्ठले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताउनुभयो।

    उहाँले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताका आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको बताउनुभयो । कार्यक्रमको संचालन मोहन न्यौपानेले गर्नुभएको थियो। 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend