काठमाडौँ । नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न फरक टोली खटिदैछन ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक रहनुहुनेछ । तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ ।
टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने कुरा नेपाली काग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कोशी प्रदेश
१. डा. शेखर कोइराला (झापा र सुनसरी)
२. डा. नारायण खड्का (संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा)
३. बलबहादुर के. सी.(मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर)
मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला
१. प्रकाशमान सिंह(मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा बागमतीको
सिन्धुली र मकवानपुर
२. महालक्ष्मी उपाध्याय ‘डिना’ (बारा, पर्सा, रौतहट र सर्लाही बागमतीको धादिङ र
चितवन
बागमती प्रदेश
१. डा. मिनेन्द्र रिजाल(काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा)
२. पुष्पा भुसाल (ललितपुर, भक्तपुर, रामेछाप र दोलखा)
गण्डकी प्रदेश
१. महेन्द्र यादव (तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर)
२. प्रदीप पौडेल (कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ)
लुम्बिनी प्रदेश
१. विमलेन्द्र निधि (रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा)
२. डा. डिला संग्रौला (कपिलवस्तु, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी)
कर्णाली प्रदेश
१. डा. शशांक कोइराला ( दैलेख, सल्यान र सुर्खेत)
सुदुरपश्चिम् प्रदेश
१. भिष्मराज आङ्देम्बे (कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा,डडेल्धुरा, दार्चुला, बैतडी र
कंचनपुर)
केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन l