Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय भलिबल प्रतियोगिता : पहिलो खेलमा पुलिस क्लब विजयी


१४, माघ २०८०
  • 127
    SHARES
  • राष्ट्रिय भलिबल प्रतियोगिता : पहिलो खेलमा पुलिस क्लब विजयी
    कञ्चनपुर । तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ ।
     
    महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीमाथि पुलिसले एकतर्फी जित निकालेको हो । 
     
    सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल सङ्घको समन्वय व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा पहिलो दिन चार खेल हुने कञ्चनपुर भलिबल सङ्घका सचिव उत्तम विष्टले जानकारी दिनुभयो । त्यसैगरी दोस्रो खेलमा एपिएफ र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन् ।
     
    “प्रतियोगिताको पहिलो दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती भिड्दा अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिम प्रतिस्पर्धा गर्नेछन”, विष्टले भन्नुभयो, “दिनमा चार वटा खेल हुनेछन्, आज पहिलो दिन दुई खेलपछि प्रतियोगिता परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गर्ने कार्यक्रम छ ।”  
     
    प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा एक सय ५० खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहनेछन् । त्यसैगरी प्रतियोगितामा एक अन्तराष्ट्रिय, १२ राष्ट्रिय र १२ प्रदेशका रेफ्रीहरुको सहभागिता छ । 
     
    प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः रु चार लाख, रु दुई लाख र रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिनुभयो ।
     
    “प्रतियोगिताको सेमिफाइनलदेखिका चार खेलमा रु पाँच हजारका दरले ‘म्यान अफ द म्याच’को पुरस्कारको व्यवस्था मिलाइएको छ”, भट्टले भन्नुभयो, “प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।”
     
    उहाँले प्रतियोगितामा विभिन्न छ विधामा जनही रु १०/१० हजारका दरले पुरस्कार प्रदान गरिने बताउनुभयो ।प्रत्येक दिन प्रतियोगिताका चार खेल र अन्तिम दुई दिनमा दुई खेल हुनेछन् । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend