Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वित्तीय सुशासन कायम गर्न क्षमता अभिवृद्धि तालिम


१४, माघ २०८०
  • 165
    SHARES
  • वित्तीय सुशासन कायम गर्न क्षमता अभिवृद्धि तालिम

    बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाद्वारा सातदिने तालिम दिइएको हो । 

    नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीलाई तालिम प्रदान गरिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताउनुभयो । 

    आज यहाँ तालिमको समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आर्थिक कारोबारमा अभिलेख चुस्तदुरुस्त हुनुपर्ने भन्दै राम्रो काम गर्नेलाई सम्मान र हिनामिनासहितको गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले सहकारी सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाइने जानकारी गराउनुभयो । 

    उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले सहकारीको लेखा पाटोलाई व्यवस्थित बनाउन तालिम लाभदायी हुने विश्वास व्यक्त गर्दै तालिमले आत्मबल बढाउने बताउनुभयो । पुनले सहकारी राज्यको अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएकाले यसप्रति जनविश्वास बढ्ने गरी काम गर्न जरुरी रहेकामा जोड दिनुभयो । 

    जिल्ला सहकारी सङ्घका प्रबन्ध सञ्चालक एवं तालिमका प्रशिक्षक नवराज उपाध्यायले संस्थागत सुशासनका लागि सञ्चालित तालिम महत्वपूर्ण कदम भएको बताउनुभयो । त्यसअवसरमा प्रशिक्षार्थी श्रीराम पाल र चन्द्रा आचार्यले तालिम फलदायी भएको बताउँदै लेखा चुस्तदुरुस्त राख्न अझ सहज हुने सुनाउनुभयो । 

    सहकारीको वित्तीय सुशासन कायम गर्ने, पछिल्लो समय गुम्दै गएको सहकारीप्रतिको विश्वास पुनःजागृत गर्ने, लेखा व्यवस्थित राख्न सहयोग गर्ने तथा नयाँ सहकारीलाई लेखा व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सहकारी शाखा प्रमुख रानाले बताउनुभयो । 

    तालिममा उपमहानगरपालिकाका लेखा अधिकृत राजनकुमार केसी, सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी सङ्घ बाँकेका प्रबन्ध सञ्चालक उपाध्याय नेफ्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमलाले प्रशिक्षण दिनुभएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend