Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेटमा तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बने विनोद भण्डारी


१४, माघ २०८०
  • 182
    SHARES
  • प्रधानमन्त्री कप क्रिकेटमा तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बने विनोद भण्डारी

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध सुरुआतमा ब्याटिङ गरेको आर्मीका लागि कप्तानसमेत रहेका विनोदले १३२ बलमा ६ चौका र ३ छक्का हिर्काएका हुन् । उनले खेलको अन्तिम ओभरमा प्रकाश जैसीको बलमा २ रन लिँदै आफ्नो शतक पूरा गरेका हुन् ।

    यो शतकसँगै विनोदले प्रधानमन्त्री कपको एउटै संस्करणमा दुई शतक प्रहार गर्ने एक्ला खेलाडी तथा प्रधानमन्त्री कपमा तीन शतक हान्ने पनि एक्लो खेलाडी बनेका छ्न । उनले मधेश प्रदेशविरुद्ध ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

    उनले २०२१ को प्रधानमन्त्री कपमै पहिलो शतक प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरीपश्चात प्रधानमन्त्री कपमा दोस्रो शतक हान्ने उनी दोस्रो खेलाडी हुन् । उनले २०२१ को मेयर्स कपमा पनि शतक प्रहार गरेका थिए ।

    नेपालमा हालसम्म प्रधानमन्त्री कप क्रिकेटमा दुई शतक हान्ने खेलाडीमा दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी रहेका थिए । जारी प्रधानमन्त्री कपको यो नवौं शतक हो ।

    यसअघि आर्मीकै रासिद खान, कोशीबाट सुजन थपलिया, मधेशबाट अनिल साह र मयन यादव, एपीएफका सन्दीप जोरा, सुदूरपश्चिमबाट नरेन भट्ट र बागमतीका आाशुतोष घिरैयाले शतक प्रहार गरेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend