Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

खेल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्छ : राज्यमन्त्री श्रीपाली 


१४, माघ २०८०
  • 357
    SHARES
  • खेल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्छ  : राज्यमन्त्री श्रीपाली 

    अर्घाखाँची । सस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला श्रीपालीले खेलको माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभएको छ ।

    अर्घाखाँचीको सन्धिखर्कमा आजबाट सुरु भएको १३ औं राष्ट्पति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपालीले यस्तो बताउनुभएको हो ।Capture.PNGखेलले मानिसको चौतर्फी विकासमा सहयोग गर्ने भएकाले राज्यले खेल क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अर्घाखाँचीमा खेलको विकास गर्न प्रशस्त सम्भावना रहेकोले खेल क्षेत्रको विकास गर्न सके खेल तथा पर्यटनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।

    खेलकुदले मानिसको शारीरिक,मानसिक तथा सामाजिक बिकास गर्दै देश तथा बिदेशमा चिनाउन महत्वपुर्ण भुमिका खेल्ने भएकाले खेलकुदमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

    सन्धिखर्कको टुडिखेलमा माघ १४ बाट सुरु भएको खेल १६ गतेसम्म चल्ने खेलकुद विकास समितीका अध्यक्ष बिष्णु क्षेत्रीले जानकारी दिनुभयो । जिल्लाका छ वटै पालिकाबाट बिभिन्न बिधामा करीब एक सय खेलाडीको सहभागिता रहेको छ ।423583981_6898843693496138_3729397708572344621_n.jpg423778458_6898844536829387_1293059090308081615_n.jpg

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend