गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पतालको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री खनालले संबिधानमा सुनिश्चित गरेको आधारभुत स्वास्थ्य सेवा स्थानिय तहसम्म पुर्याउने लक्ष्यसहित सरकार अघि बढेको बताउनुभयो।
उहाँले अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने बताउनुभयो । आबश्यक जनशक्तिको लागी प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनुभयो ।
मन्त्री खनालले आवश्यक्ता र दिगोपनको सुनिश्चिता हुने गरि योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिदैँ स्थानिय तहलाई उपकरण तालिम जनशक्ति समेत उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । त्यसैगरी स्वास्थ्य मन्त्रालयका सचिब डाक्टर जनार्दन पन्थीले गुणस्तरीय सेवा दिन निर्देशन दिनुभयो।
धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक सबै प्रबन्ध गरेपछि सेवा प्रारम्भ गरिएको गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो। गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माणको सम्झौता गरे पनि सोचेअनुसार काम नभएकाले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत नै सेवा विस्तार गरेको पोख्रेलले बताउनुभयो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले गाउँपालिको अबस्था पालिकाले लिएको नीति तथा भैरहेको कामको बारेमा जानकारी गराउनु भएको थियो।
धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतसहितका जनशक्ति पहिलेदेखि नै छन्। ओपिडी, एक्स–रे, ल्याब, माइनर अप्रेसन, स्वास्थ्य बिमासहित २४सै घन्टा इमर्जेन्सी सेवा, बर्थिङ तथा एम्बुलेन्स सेवा प्रदान हुने धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिनुभयो।
धुर्कोट गाउँपालिकामा अब आधारभूत अस्पतालसहित ६ स्वास्थ्य चौकी, दुई सामुदायिक स्वास्थ्य एकाइ र दुई आयुर्वेद औषधालय रहेका छन्।
कार्यक्रममा आधारभूत अस्पताललाई विभिन्न समयमा सेवा दिनु भएका स्वास्थ्यकर्मी तथा कर्मचारी र जग्गा दातालाई सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रम धुर्कोट आधारभूत अस्पताल सञ्चालक समितिका अध्यक्ष देबेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
