Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कुशलको अर्धशतकमा आर्मीले सुदूरपश्चिमलाई दियो २६३ रनको लक्ष्य


१५, माघ २०८०
  • 159
    SHARES
  • कुशलको अर्धशतकमा आर्मीले सुदूरपश्चिमलाई दियो २६३ रनको लक्ष्य

    काठमाडौं । मध्यक्रमका ब्याटर कुशल मल्लको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको चुनौती पेश गरेको छ ।

    कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले ४८.३ ओभरमा अलआउट हुनुअघि २६२ रन जोड्न सक्यो । आर्मीका लागि सर्वाधिक रन जोडेका कुशल मल्लले अर्धशतक प्रहार गरे ।

    ६७ बलको सामना गरेका मल्लले १० चौका र ३ छक्का हिर्काउँदै ७५ रन जोडे । सन्दीप रजालीले ३७, वसिर अहमदले ३६, सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३०, शाहब आलमले २१ तथा इमरान शेखले ९ रन थपे । 

    कप्तान विनोद भण्डारी र भीम सार्की समान २ रनमा आउट हुँदा विवेक यादवले पनि ४ रन मात्र थप्न सके । जितेन्द्र मुखियाले ५ रन थपेको खेलमा आर्मीले अतिरिक्तमा १० रन पायो ।

    बलिङतर्फ सुदूरका भोजराज भट्टले सर्वाधिक ६ विकेट लिए । ९.४ ओभर बलिङ गरेका भट्टले ६३ रन खर्चिए भने नरेन साउदले तीन विकेट लिए । एक विकेट विकाश आग्रीको नाममा रह्यो । 

    आर्मी ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । सुदुरपश्चिम भने ६ खेलमा ४ जित सहित ८ अंक बटुल्दै पाचौं स्थानमा छ । शीर्ष २ को यात्रा तय गर्न आर्मी र सुदूर दुवैले यो खेल जित्नै पर्ने दवाव रहेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend