Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सरकार आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डीरहन आवश्यक छैन् : डा.संग्रौला


१५, माघ २०८०
  • 332
    SHARES
  • सरकार आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डीरहन आवश्यक छैन् : डा.संग्रौला

    बुटवल । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रियसभा निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसिङले सिंगो देशको राजनिति नै तरंगित भएको बताउँदै त्यो त्रुटीलाई सच्चाउँदै गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

    रिपोर्टर्स क्लव नेपाल,लुम्बिनी प्रदेशले बुटवलमा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य डा. संग्रौलाले गठबन्धन ईमान्दारीपूर्वक अगाडि नबढे मूलुकमा ठूलो संकट आउने संकेत गर्नुभयो । गठबन्धन जुन उद्देश्य र भावनाले अगाडी बढेको छ त्यहि अनुरुप व्यवहारमा कार्यान्वयन गर्न समेत उहाँले दलहरुलाई आग्रह गर्नुभयो ।

    ‘यतिबेला गठबन्धनको सरकार रहेको छ । गठबन्धनमा ईमान्दारीतापूर्ण काम नगरे संकटको अवस्था आउन सक्नेछ । – ‘उहाँले भन्नुभयो,कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनमा केही अन्यौलता सिर्जना गरेको छ । यसलाई दोहोरिन नदिने गरि काम गर्न जरुरी छ ।’

    सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔं जनताका कुरा सुनौ अभियानको शिलशिलामा जिल्ला अभियानमा रहनुभएकी डा. संग्रौलाले देशको राजनितिक अवस्थालाई सहि मार्गमा ल्याउन कांग्रेसको बिकल्प नभएको बताउँदै जनतामाझ भएका गुनासो संबोधन गर्न पार्टिले अभियान चलाएको बताउनुभयो ।

    उहाँले गठबनधनको सरकारले सोचे अनुसारको काम गर्न नसकेको बताउँदै यो अवस्थामा पनि काम गर्न नसके जनताले छुट नदिने चेतावनी दिनुभयो । गठबन्धन सरकारको नेतृत्वले काम गर्न नसकी आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डीरहन आवश्यक नरहेको सुझाब दिनुभयो ।

    उहाँले पार्टीलाई बलियो बनाउनको लागि अभियान प्रभावकारी रहने बताउँदै अब पार्टी गुट उपगुट भन्दापनि एक ढिक्का भएर अगाडि नबढे पार्टी कमजोर बन्ने ठोकुवा गर्नुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गर्नुभयो । यो अभियानपछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने बताउनुभयो ।

    रिपोर्टर्स क्लव नेपाल,लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य विष्णु पोख्रेल लगायतको सहभागिता रहेको थियो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend