Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप : पुलिस र आर्मी क्लब विजय


१५, माघ २०८०
  • 122
    SHARES
  • प्रधानमन्त्री कप : पुलिस र आर्मी क्लब विजय

    काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।सोमबार किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो ।

    आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम ४० दशमलव १ ओभर खेल्दा १६५ रनमा समेटियो ।आर्मीका लागि तिव्र गतिका बलर जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए । 

    त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८. दशमल ३ ओभर खेल्दा २६२ रनमा समेटियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । सुदुरका लागि भोजराज भट्टले ६ विकेट लिए ।

    आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले बिहीबार गण्डकीसंगको खेलमा जीत हासिल गरे फाइनल प्रवेश गर्नेछ ।

    त्यस्तै सोमबार मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै क्लव नेपाल पुलिस क्लवले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । गण्डकीले दिएको १७१ रनको लक्ष्य पुलिस क्लवले २४.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेट्टायो ।  

    पुलिसका लागि ओपनर दिलिप नाथले ५७ रनको अर्धशतकिय पारी खेले । गण्डकीका लागि सन्दिप रजाइलीले दुई तथा विपिन खत्री र कमल परियारले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ३८.३ ओभरमा अलआउट हुँदै १७० रन बनायो ।  

    गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको अर्धशतकिय पारी खेले । पुलिसका रसिद खानले सर्वाधिक पाँच विकेट लिएका थिए । त्यस्तै करण केसी र ललित नारायण राजवंशीले समान दुई दुई विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए । जितसंगै पुलिस  ७ खेलबाट १४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend