Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यू-१९ विश्वकप : आजबाट सुपर सिक्स चरणका खेल हुँदै


१६, माघ २०८०
  • 139
    SHARES
  • यू-१९ विश्वकप : आजबाट सुपर सिक्स चरणका खेल हुँदै

    काठमाडौँ । दक्षिण अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा आजबाट सुपर सिक्स चरणका खेलहरू हुँदै छन्। समूह चरणका खेलपछि ४ समूहबाट हरेक तीन टोली सुपर सिक्समा प्रवेश गरेका छन्। सुपर सिक्समा १२ देशलाई २ समूहमा विभाजन गरेर ६/६ टिमका दुई समूह बनाइएको छ।

    सुपर सिक्सको समूह १ मा नेपाल सहित न्युजिल्यान्ड, पाकिस्तान बंगलादेश आयरल्यान्ड र भारत रहेका छन्। यो समूहबाट भारत र पाकिस्तान समूह चरणको ४ अंकसहित प्रवेश गरेकाले उनीहरूको सेमिफाइनल सम्भावना बलियो छ।

    आफूले पराजित गरेको टोली सपुर सिक्समा पुगे उनीहरूलाई हराएको अंक ‘क्यारि’ हुने भएकाले भारतले समूह चरणमा बंगलादेश र आयरल्यान्डलाई हराउँदै जोडेको चार अंक सुपर सिक्समा कायम रहने छ। किनकि बंगलादेश र आयरल्यान्ड सुपर सिक्समा पुगेका छन्।

    त्यस्तै, पाकिस्तानले पनि नेपाल र न्युजिल्यान्डलाई हराएकाले उसले पनि चार अंकका साथ नै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने छन्। पाकिस्तान र भारत एकै समूहमा भए पनि यी दुई देशबीच खेल हुने छैन।

    समूह विजेता भएका टोलीले एक अर्काविरुद्ध खेल्नु नपर्ने भएकाले भारतको खेल समूह ‘डी’मा दोस्रो स्थानमा रहेको न्युजिल्यान्ड र तेस्रो स्थानको नेपालसँग हुनेछ। त्यस्तै पाकिस्तानले समूह ‘ए’ को दोस्रो स्थानमा रहेको बंगलादेश र तेस्रो स्थानको आयरल्यान्डसँग भिड्ने छ।

    सुपर सिक्सका खेल आजदेखी शनिबार अर्थात् ३ फेब्रुअरीसम्म हुने छ। जहाँबाट शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलको यात्रा तय गर्नेछन्। अर्को समूहबाट पनि शीर्ष २ मा रहने टिम सेमिफाइनलका लागि क्वालिफाइ हुनेछन्। समूह २ मा ‘बी’ र ‘सी’का शीर्ष तीन टोली रहेका छन्। जसमा आयोजक दक्षिण अफ्रिकासहित, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, वेस्टइन्डिज र जिम्बाब्वे रहेका छन्।

    विश्वकपमा सुपर सिक्सअन्तर्गत आज चार खेल हुनेछन्। जसमा भारत र न्युजिल्यान्ड भिड्दा अर्को खेलमा श्रीलंका र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै आयरल्यान्ड र पाकिस्तान पनि भिड्ने छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend