रोल्पा । जहाँ इच्छा शक्ति त्यहाँ उपाय भने जस्तै मेहनत गर्ने हो भने असम्भव केही छैन भने जस्तै यतिबेला चर्चामा छिन खुशी बुढा मगर। परिवर्तन गाउँपालिका-४ पाछाबाङ्को गाउँडेरा गाउँमा जन्मेकी खुशी नाम जस्तै खुशी छिन। किन खुशी छन भन्दा खुसीले १० महिनामा ७ वटा लोकसेवाका परीक्षा उत्तीर्ण गरेकी हुन्।
उनले यसै साल (२०८०)मा लुम्बिनी,कर्णाली,सुदूरपश्चिम र कोशी प्रदेश तथा संघीय गरी सात ठाउँमा नाम निकालेकी हुन्। भनिन्छ नि कडा मेहनत र परिश्रम गर्ने हो भने गर्न नसकिने भन्ने केही हुँदैन भनेर हो खुशीले पनि मेहनत गर्न छाडेन्न र आफ्नो उद्देश्य पुरा गरेरै छाडिन। उमेरले खुशी २१ बर्ष मात्र भइन कम उमेरमै उनले एक बर्ष भित्रमा ७ वटा लोकसेवा आयोगको परिक्षामा नाम निकाल्न सफल भइन।
खुशीले गाउँकै सामुदायिक विद्यालयबाट आफ्नो पढाई सुरु गरेकी थिइन।गाउँमा पढ्न सहरको जस्तो सजिलो थिएन र छैन पनि सहरमा पढ्न सवारी साधनको व्यवस्था हुन्छ तर दुर्गम गाउँमा सवारी साधन परिकल्पनाको कुरा हो।गाउँमा पहिले पनि र अहिले पनि हिडेर विद्यालय जाने बाध्यता छन।भन्छन् नि अहिले पढ्नलाई गाउँमा भन्दा सहरमा राम्रो हुन्छ भनेर त्यो बुझाई र त्यो भ्रमलाई खुशीले तोडेकी छन।
उनले दुर्गम गाउँको सामुदायिक विद्यालयमा पढेको विद्यार्थीले पनि सहरमा पढेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकिन्छ र सफल हुन् सकिन्छ भन्ने दृष्टान्त दिन सफल भएकि छन। उनका बुबा रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन।परिवर्तन गाउँपालिका–४ पाछावाङ निवासी देवराजका ६ छोरी र एक छोरा छन यी सबै जागिरे छन्।
छोराको आसमा ६ छोरी जन्माए देवराज बुढा मगर र उनकी श्रीमती नन्दा बुढा मगरले।हुन पनि त्यतिबेलाको समाजका कारण उनीहरू छोरा पाउन बाध्य भए।पाँच छोरीपछि छोरा आकाश जन्मिए।त्यसपछि अर्की छोरी जन्मिइन् खुसी बुढा मगर।देवराज र नन्दाका सबै सन्तान विभिन्न पदमा रहेर सरकारी सेवामा काम गरिरहेका छन्।यसमा उनीहरूले कति गर्व गर्ने सिमा नै छैन।
रोल्पा लुम्बिनी प्रदेशको १२ वटा जिल्ला मध्ये पहाडी विकट जिल्ला हो।तराई मधेसको जस्तो सबै कुराले सम्पन्नता छैन।जतिबेला सशस्त्र जनयुद्ध सुरु हुनु भन्दा पहिले यातायात,विद्युत,सञ्चार,खानेपानी लगायतको विस्तार भएको थिएन।कुनै समय सशस्त्र जनयुद्धले चर्चामा थियोे रोल्पा।तर अहिले यहाँको परिचय नै फेरिदै गएको छ।
यहाँको एक मगर परिवारका सदस्य पालैपालो सरकारी जागिरमा प्रवेश गरेपछि यहाँ अहिले जनयुद्धको भन्दा चर्चा यसको हुन थालेको हो।कुनैबेला देवराज र उनकी श्रीमती नन्दाले दिनरात गाउँमै मेहनत गर्दा पनि परिवारमा दुई छाक टार्नसमेत मुस्किल थियो।उनीहरूले आफ्ना सन्तानलाई दुःख सहेरै भए पनि पढाउने अठोट गरे।यसै मेसोमा देवराज सन्तानलाई राम्रो शिक्षा दिलाउने उद्देश्यले पैसा कमाउन भनेर परदेशसम्म गए।
त्यो दुःखले सार्थकता पाएपछि उनीहरू अहिले दंग छन्।अझै कान्छी छोरी खुसीले एकै वर्ष सातमा ठाउँमा लोकसेवा उत्तीर्ण गरेर देशभर प्रभाव छाडेपछि त देवराज र नन्दाको खुसीको सीमा छैन।स्थायी शिक्षक जेठी छोरी नीमा बुढा मगर रोल्पाकै गंगादेव गाउँपालिकामा गंगा माध्यमिक विद्यालयमा शिक्षण गर्छिन्।माइली छोरी दुर्गा बुढा मगर पनि रोल्पाकै दिव्यज्योति माविमा करारमा पढाउँछिन्।
साइली छोरी चन्द्रा बुढा मगर जनता प्राविमा करार शिक्षक हुन्।काइली छोरी दीपा बुढा मगर भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको करारमा कार्यरत छिन्।त्यस्तैगरी राइली छोरी प्रगति बुढा मगर राइजोविनय तथा घाँसेबाली बिउबिजन प्रयोगशाला जनकपुरधाम,धनुषामा कार्यरत छिन्।त्यस्तै छोरा आकाश बुढा मगर हल्दीबारी गाउँपालिका, झापामा सब–इन्जिनियरको रूपमा कार्यरत छन् ।
कान्छी छोरी खुसी बुढा मगर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मत्स्य विकास केन्द्रमा कार्यरत छिन्।जागिरे छोराछोरीले देवराजको अनुहारमा खुसी थपिदिएका छन्।आफूले ५ कक्षा भन्दा माथि पढ्न नपाएका देवराजका कान्छी छोरी खुसीले १० महिनामा ७ वटा लोकसेवाका परीक्षा उत्तीर्ण गरेकी हुन्।
एक बर्षमा ७ वटा लोकसेवा परिक्षामा नाम त्यति सजिलो नभएको बताउदै,खुशीले भनिन्। निरन्तरको पढाईको कारण नाम निकाल्न सफल भएको हुँ र अर्को कुरा आज पढ्नुपर्छ भोलि पढ्नुपर्छ भनेर परिवारबाटै प्रेरित भएको बताएकी छन।फेरि थप्दै भनिन्।
पहिलो कुरा मैले कसरी पढ्थ्ये भन्दा टाइम टेबल बनाएर पढ्ने गर्दथ्ये,प्लानिङ थियोे र बनाएका कुराहरुलाई बढी फोकस गरेर पढ्ने गर्दथ्ये आफ्नो अनुभव खुशीले सुनाइन्।मलाई के लाग्थ्यो भन्दा अध्ययन त गर्ने के गर्ने भन्ने लाग्थ्यो,पढ्ने त पढ्ने के पढ्ने भनेर लाग्छ र विशेष अध्ययनलाई फोकस गरेर पढियो,उनले भनिन्।
आज एउटा सरको बुक भोलि अर्को सरको बुक फ्लो गरेर सबैको नौलो नौलो बुक आफूले अध्ययन गर्ने गरेको र आफूमा भएको कन्फियुसहरु हुन्छ ति कमजोरीहरुलाई क्वालिफाइर गर्न सजिलो भएको कारण मैले अरु अरु बुकहरु पनि पढ्ने गर्दथ्ये।तर सुरुमा एउटा बुकलाई आधार मानेर पढ्ने हो भने सफल हुन् सकिन्छ भन्छु।
मैले याद गर्नुपर्ने केही कुराहरू फरमुलाहरु बनाएर पनि पढ्ने गर्दथ्ये भने केही कुराहरू इनमाइजेसनहरु गरेर पढ्ने र पढेका कुराहरूलाई जति सकिन्छ आफूले त्यति नोटहरु बनाएर अध्ययन गर्ने गरेको र याद गर्नुपर्ने कुराहरू धेरै पढ्नेसँगै प्लस रिकल गर्ने गरेको समेत अनुभव सुनाइन्।
दिनमा कति घण्टा पढ्ने भन्दा पनि बिहानको समय र साँझको समय सुत्नु भन्दा पहिले अध्ययन गरेको कुरा माइनमा कतिको सेटभ भयो त भन्ने कुरालाई मैले मान्छु र पढ्ने मानिसलाई घण्टाले त्यति फरक नपार्ने जिकिर गर्दै खुशीले भनी मैले पहिल्यै अध्ययन गरेको हुनाले परिक्षाहरु हुन्थ्यो र परिक्षामा सहभागी हुँदा तयारी गरेकै कुराहरू समावेश भएकोले म सफल हुन् पुगेको हुँ,उनले भनिन्।
बाल्यकाल देखिनै खुशी पढाइमा राम्रो भएको बताउछिन् मैले गाउँकै विद्यालयमा अध्ययन गरे एक कक्षा देखि आठ कक्षा सम्म द्वितीय र तृतीय स्थानसम्म आउने गरेको अनुभव सुनाउँदै भनिन म पढाइमा त्यति ट्यालेन्ट पनि होइन त्यति लोव पनि होइन टप टेण्टमा पर्ने गरेको अनुभव सुनाइन्।
आफूले विद्यालय टाढा भएको महशुस गरेको बताउदै एक कक्षा देखि आठ कक्षासम्म आफ्नो गाउँकै सामुदायिक विद्यालयमा पढेको र ९ र १० कक्षा मावि बागमारामा पढेको त्यस्तै ११ र १२ कक्षा दाङबाट सकाएकोले बाल्यकाल देखिनै सामान्य ज्ञान आफू र आफ्ना साथीहरूले बोक्ने र साँझ घर फर्कने समयमा कहिले आफूले साथीहरूलाई प्रश्न गर्ने र कहिले साथीहरूले गरेको प्रश्नको उत्तर दिने गर्दै गरेर घर फर्केकोले कहिले रमाइलो गर्दै त कहिले सामान्य ज्ञानको प्रश्न उत्तरले गर्दा विद्यालय टाढा भएको महशुस नगरेको र विद्यालय टाढा भय पनि साथीहरूसँगको रमाइलो र सामान्य ज्ञानको कुराले गर्दा हाम्रो विद्यालय टाढा भएको महशुस आफूले नगरेको बताइन्।
आमा बुबा सामान्य किसान भएकोले आमा बुबाले आफूहरूको उद्देश्य पुरा गर्न धेरै दुख संघर्ष गरेको र आफूहरूको खुशीको लागि बुबा परदेश समेत पुगेको र हामी छ बहिनी दिदीबहिनी र एक जना दाइ गरी सात सन्तान छौ।
अगाडिका दिदीहरु,भेनाजुहरु र दाइ जागीरे भएपछि मलाई पनि सानैदेखि जागिर खानुपर्छ भन्ने सोच आफूले राखेको बताइन्।सफलताका पछाडीको प्रेरणाको स्रोतको रूपमा परिवार,दिदीहरु,भेनाजुहरु र दाइलाई लिने गरेको समेत बताइन्।
अगाडिका दिदीहरु,भेनाहरु र दाइ सबै जागिरे हुनुहुन्छ मेरो प्रेरणाको स्रोत भनेकै उहाँहरु हुनुहुन्छ र हो पनि उनले भनिन्।आज सबैको प्रेरणाले गर्दा अरुलाई देखाउने भन्दा पनि आफ्नो उद्देश्य पुरा गर्न सफल भएको खुशी बताउछिन्।नेपालमा पछिल्लो समय राम्रो जारी खाने भनेकै लोकसेवा आयोग भएको दाइ इन्जिनियर आकाश बुढा मगरको भनाइ छ।
आकाश अहिले झापाको बिर्तामोर्डस्थित पाथिभरा इन्जिनियरिङ कलेजमा बिहान पढ्छन् भने दिउँसो कार्यालय जान्छन्।आकाशले थप्दै भने,अहिले देशको अवस्था कस्तो छ भन्ने तपाईंलाई पनि थाहा छ र हजारौं युवा अहिले दिन दिनै परदेशमा पलायन भएको पाउछौं नजाओन भने पनि के गरुन् र आफ्नो देशमा रोजगार छैन।
रोजगारी लागि पनि नेपाली युवाहरु बाहिरिन बाध्य भएको समेत बताए।नेपालमा पनि इन्जिनियर क्षेत्रमा पनि राम्रो नभएको बताउदै नेपालमा करिब एक बर्षमा ५ हजार भन्दा बढिले अध्ययन गर्ने गरेको र त्यसमा जम्मा ४० जनाको कोटा खुल्ने भएकोले सबै पास नहुने र करिब ४ हजार इन्जिनियर अध्ययन गरेकाहरु पलायन हुने गरेको समेत बताउँछन्।
तर आफू भने स्वदेशमै केही गर्ने पक्षमा रहेको र पलायन हुने मनसाय आफू नभएको आकाशको प्रतिक्रिया रहेको छ।बहिनी खुशीले पनि एक बर्षमा ७ लोकसेवा आयोगको परिक्षामा नाम निकाल्न सफल भएको र कडा मेहनत,लगनशीलता नभएको भए सम्भव नभएको समेत बताए।
स्वदेशमै केही गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ,उनले भने।दिदीदाजुले गरेको संघर्षबाट सफलता प्राप्त गर्न सकिन्छ र गाउँघरमै बसेर पनि अब्बल हुन सकिन्छ भन्ने म्यासेज खुशी बुढा मगरले दिएका छन्।अहिले गाउँका विद्यालय र समुदायस्तर देखि शहरमा समेत नयाँ बहस सुरु भएको छ । खुशीले आफ्नो परिवार,गाउँ,टोल,समाज,वडा,गाउँपालिका,जिल्ला,प्रदेश हुँदै देशभर नयाँ सन्देश दिन सफल भएका छन।