चितवन । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” उहाँले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताउनुभयो । उहाँले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो ।