Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


१७, माघ २०८०
  • 229
    SHARES
  • परिवर्तन गाउँपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    रोल्पा। परिवर्तन गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुतलाचौर रोल्पाको आयोजनामा छ महिना सम्म भएको प्रगति विवरण,सेवा प्रवाह र भौतिक प्रगति लगायतको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो।

    २०८० साउन देखि पुष महिना सम्म गरेको सेवा प्रवाह बारेमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,परिवर्तन गाउँपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,विभिन्न क्लबका प्रमुख तथा प्रतिनिधि,विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि,विभिन्न टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि,बुद्धिजीवी,व्यापारी लगाएतको उपस्तिथिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

    परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमले ६ महिना सम्म भएका प्रगति विवरण अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा पेश गर्नु भएको थियो।जि.एमले चालु आर्थिक बर्ष २०८०/०८१ मा गाउँपालिकाको कुल बजेट रु.४४ करोड ९१ लाख ३२ हजार ३ सय १२ रुपियाँ रहेको छ। पुष मसान्तसम्म विभिन्न स्रोतबाट गरेर रु.२१ करोड २१ लाख ५९ हजार ३ सय ९० रुपियाँ निकासा भएको जानकारी गर्नुभएको छ।

    अब निकासा हुन बाँकी २३ करोड ३८ लाख ३९ हजार ६ सय ३८ रुपियाँ रहेको छ।नेपाल सरकारबाट प्राप्त अनुदान तर्फ नेपाल सरकारको समानिकरण अनुदान बार्षिक बजेट ८ करोड ५७ लाखमा अहिलेसम्म ४ करोड २८ लाख ५० हजार निकासा भएको छ । भने ४ करोड २८ लाख ५० हजार निकासा हुन बाँकी रहेको छ। नेपाल सरकार शशर्त अनुदान चालु १८ करोड ७० लाखमा अहिले सम्म निकासा ९ करोड ३५ लाख रहेको छ भने ९ करोड ३५ लाख निकासा हुन बाँकी रहेको छ।

    नेपाल सरकार शशर्त पुजिँगत अनुदान १ करोड ३० लाखमा अहिलेसम्म निकासा ३५ लाख भएको छ भने ९५ लाख निकासा हुन बाँकी रहेको छ।नेपाल सरकार विषेश पुजिगत अनुदान १ करोड १५ लाखमा अहिलेसम्म २८ लाख ७५ हजुर निकासा भएको छ भने ८६ लाख २५ हजार निकासा हुन बाँकी रहेको छ।नेपाल सरकार समपुरक पुजिगत अनुदान ५५ लाखमा अहिलेसम्म १३ लाख ७५ हजार निकासा भएको छ । भने ४१ लाख २५ हजार निकासा हुन बाँकी रहेको छ।

    त्यस्तै प्रदेश सरकारबाट प्राप्त अनुदान प्रदेश सरकार समानिकरण अनुदान ५८ लाख १७ हजारमा अहिलेसम्म १४ लाख ५४ हजार २ सय ५० निकासा भएको छ । भने ४३ लाख ६२ हजार ७ सय ५० रुपैयाँ निकासा हुन बाँकी रहेको छ।प्रदेश सरकार शशर्त चालु अनुदान १ लाख ५० हजारमा अहिलेसम्म ३७ हजार ५ सय रुपियाँ निकासा भएको छ भने १ लाख १२ हजार ५ सय निकासा हुन् बाँकी रहेको छ।प्रदेश सरकार शशर्त अनुदान पुजिँगत ८ लाख रुपियाँमा २ लाख निकासा भएको छ भने ६ लाख निकासा हुन बाकि रहेको छ।

    प्रदेश सरकार समपुरक अनुदान १ करोड रुपियाँमा अहिलेसम्म २५ लाख निकासा भएको छ भने ७५ लाख रुपियाँ निकासा हुन बाँकी रहेको छ।राजश्व बाँडफाँड तर्फ राजश्व बाँडफाँड संघीय सरकार ८ करोड ९० लाख २३ हजार ५ सय रुपियाँमा ३ करोड ३९ लाख ३६ हजार ४ सय ९२ रुपियाँ निकासा भएको छ भने ५ करोड ५० लाख ८७ हजार ७ रुपियाँ निकासा हुन बाँकी रहेको छ।राजश्व बाँडफाँड प्रदेश सरकार ३१ लाख ३३ हजार २ सय ८४ रुपियाँमा अहिलेसम्म शून्य निकासा भएको छ भने ३१ लाख ३३ हजार २ सय ८४ रुपियाँ निकासा हुन बाँकी रहेको छ।

    आन्तरिक स्रोत चालू आर्थिक बर्ष आन्तरिक स्रोत अनुमान ३५ लाख ५० हजारमा अहिलेसम्म १३ लाख ७२ हजार ६ सय १९ रुपियाँ निकासा भएको छ भने २१ लाख ७७ हजार ३ सय ८१ रुपियाँ निकासा हुन बाँकी रहेको छ।गत बर्ष बैंक मौज्दात २ करोड ६७ लाख ५८ हजार ५ सय २८ रुपियाँमा अहिलेसम्म २ करोड ६७ लाख ५८ हजार ५ सय २८ रुपियाँ निकासा भएको छ भने निकासा हुन बाँकी शून्य रहेको छ।हाल सम्मको बजेट निकास र बाँकी बजेटको अनुपात हेर्दा कुल बजेटको ४७.२३ प्रतिशत बजेट निकासा भएको देखिन्छ।

    गाउँपालिकाको अहिलेसम्मको चालु र पुजिँगत खर्चको विवरण गाउँपालिकाले चालु आर्थिक बर्षको कुल बजेट मध्ये चालु खर्चमा रु.३४ करोड ३५ लाख ६७ हजार १ सय ५६ रुपियाँ विनियोजन भएको थियो।जसमध्ये हालसम्म रु.८ करोड ४३ लाख ६४ हजार ७ सय ६ रुपियाँ खर्च भैसकेको छ।जसलाई प्रतिशतमा हेर्दा चालु कुल बजेट २४.५५ प्रतिशत खर्च रहेको छ।कुल बजेट मध्ये पुजिगत तर्फ १० करोड ५५ लाख ६५ हजार १ सय ५५ रुपियाँ विनियोजन भएको थियो । भने विनियोजन बजेट मध्ये १३.४५ प्रतिशत अर्थात १ करोड ४२ लाख ४१ हजार ७ सय ७५ रुपियाँ खर्च भएको छ।

    चालु र पुजिँगत खर्चको औषतमा हेर्दा हालसम्म २१.९४ प्रतिशत अर्थात ९ करोड ८५ लाख ६८ हजार ९ सय ३ रुपियाँ खर्च भइसकेको छ।हालसम्म योजना व्यवस्थापन तर्फ कुल योजना मध्ये १ सय ८४ वटा योजनाको सम्झौता सम्पन्न गरेको छ।त्यस्तै १ सय ७३ वटा भौतिक पूर्वाधार तर्फ र ११ वटा कार्यक्रम गत योजना रहेका छन।शिक्षा,स्वास्थ्य,कृषि,पशु,खेलकुद लगायतमा समेत परिवर्तन गाउँपालिकाले राम्रो काम गरेको छ।

    परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,सबै वडा अध्यक्ष,सबै वडा सदस्यहरु,परिवर्तन गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु,सबै वडा सचीव लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक,विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधि,आमा समूहका अध्यक्ष तथा प्रतिनिधि टोल विकास समितीका अध्यक्ष तथा प्रतिनिधि,बुद्धिजीवी,व्यापारी लगायतको सहभागीता रहेको थियो।

    उपस्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक,विभिन्न क्लबका प्रमुख तथा प्रतिनिधि,विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि,विभिन्न टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि,बुद्धिजीवी,व्यापारी लगायतले उठाएका जिज्ञासाहरुको जवाफ सम्बन्धित शाखा परिवर्तन गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुले दिएका थिए।सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान ओलीले गर्नु भएको थियो।417307000_3527505284165940_6169917322103816887_n.jpg421661108_3565460353714294_1634604242721561611_n.jpg421639628_733280945535325_6179938811105277213_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend