Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

समुदायमा कांग्रेस अभियानका लागि नेता निधि रोल्पा आउदैँ


१८, माघ २०८०
  • 226
    SHARES
  • समुदायमा कांग्रेस अभियानका लागि नेता निधि रोल्पा आउदैँ

    रोल्पा । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि रोल्पा आउन लाग्नुभएको छ। नेपाली कांग्रेस रोल्पाको आयोजनामा समुदायमा कांग्रेस अभियान बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न निधि रोल्पा आउन लाग्नुभएको हो।

    नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको आतिथ्यतामा कार्यक्रम हुन लागेको नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले जानकारी दिनुभएको छ। 

    नेपाली कांग्रेस केन्द्रीय कार्य समितिद्वारा सञ्चालित समुदायमा कांग्रेस अभियानका लागि लुम्बिनी प्रदेशमा अनुगमनको लागि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई खटाइएको छ।

    माघ १९ गते नेपाली कांग्रेस रोल्पाको आयोजनामा हुने सुशील कोइराला स्मृति भवन लिबाङको कार्यक्रममा सहभागी हुन जिल्लामा रहेका नेता कार्यकर्ताहरु तथा विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुलाई नेपाली कांग्रेस रोल्पाले आग्रह गरेको नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यले जानकारी दिनु भएको छ।

    नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको आयोजनामा माघ १३ गतेदेखि २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सुरु भएको छ।अभियानलाई सफल बनाउन ७ प्रदेश ६ हजार ७ सय ४३ वटा वडामा प्रतिनिधिहरु खटाएका छन।

    सबै वडामा एकै पटक काँग्रेस माघ १६ गते समूदायमा जाऔं,जनताका कुरा सुनौं,देशब्यापी रुपमा संचालित अभियान भब्य रुपमा सफल पारौं भन्ने मुल नाराको साथ लुम्बिनी प्रदेशको सबै जिल्ला,सबै पालिका र सबै वडामा अभियान जारी रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सूचना,सञ्चार तथा प्रचार प्रसार विभागका सदस्य सूर्य प्रकाश बुढा मगरले जानकारी दिनुभएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend