Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

किन खोजिदैँछ गुल्जार बजार बन्द गर्न ?


१८, माघ २०८०
  • 191
    SHARES
  • किन खोजिदैँछ गुल्जार बजार बन्द गर्न ?

    बुटवल । हिजो आज दिनप्रतिदिन बजारमा व्यवसाय सुनसान बन्दै जान थालेका छन् । जताततै पर्चाहरु टाँसिएको देखिन्छन, यहाँ वहाल खाली छ । एकातिर व्यवसायीहरु पलायन हुँदै गएका छन् भने, अर्कोतिर बजारका सटरहरु बन्द हुँदै गएका छन् । 

    ओरालो तिर लागेको बजारलाई चलाएमान बनाउन पछिल्लो समय उद्योगी व्यसायीहरु चिन्तित देखिन थालेका छन् । व्यवसायीहरु बजारको स्थितीलाई गुल्जार बनाउनका निम्ती उपायहरुको खोजीमा लागेका छन् । 

    तर विडम्वना, जहाँ एउटा यस्तो रात्रीकालिन बजार छ, त्यो नेपालकै पहिलो र सदावहार मानिन्छ । यात्रुहरुको भरपर्दो, सुविधायुक्त र सुरक्षाको हिसाबले सवल मानिने बजारलाई हटाउने केही निकायहरुले सिमित बहाना रच्दै गरेको पाईएको छ । त्यो बजार हो, दाङको लमही बजार ।

    पूर्वपश्चिम महेन्द्र राजमार्ग सँगै रहेको लमहीको बसपार्क क्षेत्रमा रहेको स्टलवाला रात्री तथा दिवा बजार आन्तरिक एवं बाह्य मानिसहरुको विश्रामस्थलको रुपमा परिचित छ । दिनमा जस्तै रातमा मेला लागे जस्तो मानिसहरुको भिडभाड देखिन्छ ।

    रात्री बसहरुको बिसौनी बनेको उक्त बजार लामो दूरीका बसहरु प्रायः आगो ताप्ने र चिया पिउने उद्गम प्वाइन्ट ड्राइभरहरुका लागि (रिफ्रेस सेन्टर) बन्दै आएको छ । विशेषगरी जाडो मौसममा चिसोले प्रभावित भएर सवार गरिरहेका यात्रुहरुले आगो ताप्न पाउने शहर हो लमही ।

    माघ १० गते राति कैलालीको अत्तरियाका रमेश थारु बसबाट हतारहतार झर्दै आगोतिर आएर भने, बसमा चिसो भएर मुटु नै कापिरहेको थियो, लमहीको आगो बजार कतिवेला आउला र आगो तापेर ज्यान तातिएला भन्ने सोँचेको थिए । काठमाडौंदेखि घर जान हिँडेका थारुले शरिर तताउँदै चिया पिए । 

    चियादेखी चटपट, चाट समेत पाउने बजारमा यात्रुहरु झरेपछि गाडिमा चढ्न समेत मन लगाउँदैनन् । कारण हो, जाडोमा दाउराको आगोले दिएको तातो ताप लिन पाउनु, गर्मीमा नजिकै चुरे पहाड भएका कारण चिसो हावाले अक्सर मानिसहरुको जमघट सदावहार हुन्छ ।

    लमही नगर विकास समितिको जग्गामा रहेको बसपार्कलाई पहिलेभन्दा व्यवस्थित बनाइँदैछ, टिकट काउण्टरको पुरानो भवनलाई भत्काएर व्यवसायिक चार तले भवन बनाइदैछ, नजिक देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ । जसको प्याराफिट निर्माण गर्दा सटरहरु निकालिएको छ । 

    ती दुई व्यवससायिक सटरहरुका कारण बर्षौदेखि आफै स्टल निर्माण गरेर मासिक वहाल दिर्दै आएका स्थानीयहरुको व्यवसायलाई हटाउन माघ समान्तभित्र अन्तिम अल्टिमेटम दिईएको छ लमही नगर विकासबाट । झण्डै ३० वटा स्टल र ५ देखि १० वटा ठेलाहरुले आफ्नो दैनिकी चलाउन व्यवसाय गर्दै आएका छन् । उनिहरुको कार्यले लमही बजारको एउटा पहिचान बनेको छ ।

    केही स्थानीयहरुले परिश्रम गरेर घर चलाउने थलो बनाएका छन् । त्यही आर्थिक चलाएमान र बजारलाई रात्रीकालिन समयमा गुल्जार बनाएहरुको बजारलाई हटाउन बजारको शोभनीय माथि असर पुर्याएको अनूचित बखेडा बनाएर हटाउन दिएको समयावधि सकिन अब ११ दिन बाँकी छ । 

    वैकल्पिक व्यवस्था गरेर चलाउनुपर्ने उक्त व्यवसायीहरुको माग सुन्ने फुर्सदमा नगरपालिका नगर विकास छ । नेपालका झापाको दमक, धरान, इटहरी, बुटवल, नेपालगञ्ज, सुर्खेत लगायत दर्जनवढि शहरहरु रात्रीकालिन बजारको संघर्षमा लागि रहँदा लमही नगरपालिका र नगर विकासलाई भने उक्त बजार घाँडो बन्न पुगेको स्थानीय एक होटल व्यवसायीले बताए । उनि भन्छन्, त्यहाँ झरेर मानिसहरु होटलमा बासका लागि आउने गर्छन् । 

    लमही-कोइलाबास सडकको स्तरोन्नति गर्ने भनेर सडक मिचेर बनाईएका घर हटाउन नसकेको लमही नगरपालिकाले बसपार्कमा रहेका बजारलाई हटाउन खोज्नु आफैमा लज्जास्पदको बिषय बनेको छ । लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले भनिन् ती टहराले बजारको शोभनीय बिगारेकाले हटाउन खोजिएको हो ।

    नयाँ सोचका साथ रात्रीकालीन व्यवसाय सञ्चालनको माग यतिबेला बहसको बिषय बनेको छ । आर्थिक चलायमान बनाउन रात्रीकालीन बजारले विशेष भूमिका खेल्ने बारेमा सरोकारवालाहरुले विश्वास लिँदै अब नयाँ सोँच र अवधारणाबाट व्यवसाय सञ्चालन नगरे आर्थिक गतिविधि, पर्यटन क्षेत्र र बढ्दो व्यवसाय बन्दले बेरोजगारी समस्या झन जटिल बन्दै जाने ठम्याई गर्छन् । 

    विभिन्न कला संस्कृति प्रदर्शनसहित आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लोभ्याउने र भुलाउने गरी बजार सञ्चालन गर्ने योजनालाई अघि बढाउनुपर्ने बेला स्थापित बजारलाई हटाएर सुनसान बनाउन खोज्नु र वैकल्पिकता नदिई सानो व्यवसाय गरी घर व्यवहार चलाएकाहरुको रोजीरोटी खोस्नु उचित नभएको स्थानीय जानकारहरुको भनाई छ । जानकारहर भन्छन्, आर्थिक उन्नति र पर्यटन प्रर्वद्धनका लागि रात्रीकालीन बजार सञ्चालन गर्न आवश्यक छ । 

    रात्रीकालीन बजार विस्तारका क्रममा त्यहीँ भएका पसललाई व्यवस्थित गर्ने र थप सबैखाले सेवालाई विस्तार गर्नुपर्छ । लमही बसपार्कको विगतदेखिको रात्री बजारले सौन्दर्य बढाउनुको साथै महेन्द्र राजमार्ग अन्तर्गत देशकै नमुना यात्रु तथा सवारी विश्राम स्थललाई बचाएर आगन्तुकहरुको रोजाई बनाउन तर्फ ध्यानदिनु यस क्षेत्रको उत्थान हुन्छ । 

    त्रिसिद्धेश्वरी राप्ती बस व्यवसाय प्राली दाङका अध्यक्ष सुरेश हमालले उक्त बजारलाई विस्थापित गराएमा यातायात क्षेत्रमा पनि ठूलो असर पुग्ने बताउँछन् । लमही राजमार्गमा पर्ने संगम ठाउँ हो । जहाँ आन्तरिक तथा बाह्य मानिसहरुको आउजाउ हुन्छ । छोटो एवं लामो दुरीका सवारीलाई यात्रुहरु पाइने एउटा उद्गम स्थल हो । विस्थापित नगरी व्यवस्थित गरेर वैकल्पिकता दिँदा राम्रो हुने सुझाए । 

    यता लमही उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले हिजो विकल्प थिएन, आज आमूल परिवर्तन आएको छ, बसपार्कमा धुँवाधुलो उड्ने र त्यहाँ पाईने खाने कुरा प्रदूषित हुने भएकाले त्यसलाई र नगर विकास समितिले बनाएको व्यावसायिक भवन सुविधायुक्त भएकाले त्यसमा व्यवस्थित गरेर चलाउनुपर्छ भन्ने कुरा उद्योग वाणिज्य संघको पनि धारणा हो । 

    नगर विकासले ठूलो लगानीमा व्यवसायिक भवन बनाएको छ । उहाँले भन्नुभयो हामी साना व्यवसायीहरुलाई विस्थापित गर्ने मनसायमा छैनौं । हामीसँग कुनै निकायले समन्वय गरेको अवस्था छैन् । 

    रात्रीकालिन बजार सञ्चालनको लागि मापदण्डको मस्यौदा बनाएर रात्रीकालिन व्यवसाय सञ्चालन गरियो भने यसको माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउन सकिने र त्यसका माध्यमबाट बजार पनि चलायमान हुने र व्यापार व्यवसाय पनि प्रर्वद्धन हुने पत्रकार तथा घोराही बनाउ अभियन्ता सविन प्रियासनले बताए । 

    उनले भने, रात्रीकालिन बजार सञ्चालन गर्दा पर्यटक आउने माध्यम बन्छ। दिनभर कामले फुर्सद नपाएका, दिउँसो लत्ताकपडा, खाद्यान्न किन्न नपाएका, दिनभरिको कामले लखतरान भएकाहरुका लागि रात्री बजार मनोरञ्जनको केन्द्र बन्न जान्छ।416234177_916500553199528_4019651181449455935_n (1).jpg416208984_911278783906941_6204638204932417870_n.jpg415953471_3637701916447353_7726920312256407037_n (1).jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend