Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कपमा खेलाडीको म्याच फि ५ सय


१९, माघ २०८०
  • 184
    SHARES
  • प्रधानमन्त्री कपमा खेलाडीको म्याच फि ५ सय

    काठमाडौं । नेपालको एक्लो राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप एकदिवसीयमा खेलाडीको प्रत्येक खेलको म्याच फि मात्रै ५०० रुपैयाँ छ ।गत वर्ष १ हजार ५०० म्याच फि भए पनि यस पटक नेपाल क्रिकेट संघ (क्यान) ले ५०० रुपैयाँमा झारेको छ । जसको कारण खेलाडीहरु म्याच फिबाट खुसी देखिएका छैनन् ।

    ९ खेल खेलेर खेलाडीले कुल ४ हजार ५०० रुपैयाँ पाउने छन् । फाइनल खेल्ने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीका खेलाडीले थप पाँच सय गरि कुल ५ हजार पाउनेछन् ।‘हामीले राउन्ड रोविनमा खेलहरु धेरै गर्‍यौं । त्यसैको कारण घटाएका हौं,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

    १ हजार ५०० रुपैयाँनै यथावत राख्न सकिने थिएन र भन्ने प्रश्नमा उनले भने, ‘खास गर्ने खेलको लागि हो । पैसाको लागि होइन । खाना बस्न खर्च पनि बढ्छ । खेल कम गराएर १ हजार ५०० को ठाउँमा ३ हजार दिएको भए खेलको विकास हुने थिएन ।’

    प्रधानमन्त्री कप २०१७ देखि सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक अनुदानले क्यानले आयोजना गर्दै आएको छ । यस पटक राखेपले प्रधानमन्त्री कपको लागि ५० लाख रुपैयाँ छुट्टाएको छ । खड्काका अुनसार प्रतियोगिता आयोजना गर्न क्यानले २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

    राखेप बाहेक अन्य रकम क्यानले प्रायोजनबाट पूर्ति गर्नेछ । यसअघिका पाँच संस्करण १० टोलीलाई दुई समूहमा विभाजन गरेर सम्पन्न भएको थियो । तर यस पटकदेखि क्यानले राउन्ड रोविनको आधारमा आयोजना गरेको छ ।

    लिगमा सबै टोलीले समान ९ खेल खेलपछि पुलिस र आर्मीले शनिबार फाइनल खेल्ने भएका छन् । पुलिस अपराजित रहँदै १८ अंक र आर्मी १४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा भिड्नेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend