Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लायन्स क्लब अफ काठमाडौं ढिकुराले वितरण गर्‍यो बिद्यार्थीलाई न्यानो कपडा 


१९, माघ २०८०
  • 281
    SHARES
  • लायन्स क्लब अफ काठमाडौं ढिकुराले वितरण गर्‍यो बिद्यार्थीलाई न्यानो कपडा 

    रुद्रमणि भुसाल,अर्घाखाँची । लायन्स क्लब अफ काठमाडौं ढिकुराको आयोजनामा भुमिकास्थान नगरपालिकाका दुई वडाका ५ आधारभुत बिद्यालयमा अध्ययानरत करिब १ सय ५० बिद्यार्थीहरुलाई स्कुल सपोटका लागि आवश्यक स्कुल ब्याग ,जाडोमा लगाउने न्यानो लुगा ट्याक्सुट लगायतका समाग्री लायन्स कल्वका पदाधिकारी र सदस्यहरुले स्वाइक्षाले करिब ३ लाख रकम संकलन गरि बिद्यार्थीहरुलाई सामाग्री खरिद गरि हस्तातरण गरिएको लायन्स कल्व अफ काठमाडौं ढिकुराकी अध्यक्ष गिता भुसाल भट्टराइले जानकारी दिनुभयो ।
     
    क्लबले स्थापनाकालदेखि नै बिभिन्न पेशा ब्यवसायले गर्दा आफ्नो गाउँठाउँभन्दा बाहिर रहेपनि आफुले अध्ययन गरेका बिद्यालयहरुमा कम्प्युटर वितरण , स्वास्थ्य शिबिर संचालन बालबालिकालाई जाडोको समयमा राहत होस भन्ने उदेश्यले न्यानो कपडा बितरण जस्ता बिभिन्न रचनात्मक काम गदै आएको रामचन्द्र भट्टराइको भनाई छ ।  

    क्लबले भुमिकास्थान नगरपालिका वार्ड नं ९ का पद्मावति ,थानपति ,जयन्ती ,बिरभद्र आधारभुत र भुमिकास्थान ८ को महेन्द्र आधारभुत बिद्यालय गरि पाँच ओटा बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई बिद्यलय सपोट सामाग्री हस्तातरण गरेको क्लबका सदस्य कृष्ण पोख्ररेलले बताउनुभयो । बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेकोमा क्लबका अध्यक्षसहित सम्पुर्णलाई अभिभावकको तर्फबाट जिल्ला समन्वय समिति सदस्य झुपलाल खनालले धन्यवाद दिनुभयो । 

    कार्यक्रममा इन्दिरा खनाल , स्थानिय राम प्रसाद भुसाल  जीवन घिमिरे ,गीता केसि,जेष्ठ अभिभावक विष्णु कुमारी घिमिरे ,रामप्रसाद पोख्रेल, सन्तराज भुसाल ,कृष्ण प्रसाद भुसाल,सरिता भुसाल मिना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।416362680_911451730620463_3411844188420402819_n.jpg416410485_914353456947271_8326086421121948193_n.jpg416370389_412989264529603_4254913468139217820_n.jpg416339446_707134154861771_6938504958249195582_n.jpg416358836_1353552808630488_2191930000304074767_n.jpg416322054_1110619943278280_3430218590861953230_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend