रोल्पा । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले रोल्पा जिल्ला बलियो भएको बताउनुभएको छ। नेपाली कांग्रेस रोल्पाको आयोजनामा समुदायमा कांग्रेस अभियानको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै निधीले सो कुरा बताउनुभएको हो।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिले रोल्पा हिजो जनयुद्धमा आतंक,हिंसा र यातना पाएको जिल्ला भएको समेत बताउनुभएको छ।
यहाँका जनता,नेता,कार्यकर्ताले जनयुद्धको समयमा धेरै दुख,कष्ट पाएको बताउदै रोल्पा जनयुद्धको नाम र संघर्षले चर्चित जिल्ला भएको बताउनुभएको छ।
पूर्व उपसभापति समेत रहेका नेता निधिले जनयुद्धको समयमा यहाँका नेता कार्यकर्ताको पनि नेपाली कांग्रेस स्थापना र बचाउन महत्त्वपूर्ण भूमिका रहेको बताउदैँ मैले रोल्पाको नाम धेरै सुनेको थिए आज पहिलो पटक रोल्पा आएर यहाँका नेता कार्यकर्तालाई भेट्न पाउदा खुशी लागेको छ र रोल्पा जिल्ला बलियो छ यो कारण भन्छु यहाँ नेपाली कांग्रेसलाई बचाइ राख्नुभएको रहेछ,उहाँले भन्नुभयो।
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउदैँ कम्युनिष्टहरु विचारमा असफल भएको र कांग्रेस विचारमा सफल भएको बताउनुभएको छ।
नेपालमा कम्युनिष्टहरु विभिन्न फूट्मा विभाजन भएको र नेपाली कांग्रेस अहिलेसम्म कुनै फूटको विभाजनमा नगएको समेत जिकिर गर्नु भएको छ। क्रान्ति सफल भएको छ भन्नुहुन्छ भने पनि नेपाली कांग्रेसको भएको बताउनुभएको छ।
हरेक व्यवस्थाको परिवर्तनको लागि पनि नेपाली कांग्रेस सफल भएको बताउदै राष्ट्रियता,लोकतन्त्र,समाजवाद,नेपाली कांग्रेस मुख्य एजेन्डा भएको र अर्को नेपाली कांग्रेसको एजेन्डा संघीयता,गणतन्त्र,समावेशीता,मिश्रित निर्वाचन, धर्मनिरपेक्षता र अहिंसा र शान्ति यी नौ एकैपटक लिएको र अहिले अगाडि बढी रहेको समेत बताउनुभएको छ।
साथै नेपाली कांग्रेस राजतन्त्रको पक्षमा नभएको बताउदै तत्काल राजतन्त्र आउछ भन्नु दिवा सपना भएको समेत बताउनुभएको छ।
आफू भौतिक पूर्वाधार मन्त्री हुँदा आफूले २२ वटा रणनीतिक आयोजना अगाडि बढाएको र रोल्पाको विकासको लागि रोल्पाको सडकलाई पनि प्राथमिकतामा राखेको समेत बताउनु भएको छ।अबको चुनावमा रोल्पामा नेपाली कांग्रेसले जित्नुपर्ने कुरामा समेत जोड दिनुभएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिद्वारा सञ्चालित समुदायमा कांग्रेस अभियानका लागि लुम्बिनी प्रदेशमा अनुगमनको लागि नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व गृहमन्त्री माननीय बिमलेन्द्र निधिलाई खटाइएको छ।