बुटवल । लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा दौड प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश खेलकुद परिषद्, लुम्बिनीले उक्त प्रतियोगिता आयोजना गर्ने भएको हो । लुम्बिनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीसहित प्रदेशका सबै मन्त्रीहरु दौडिने कार्यक्रम रहेको प्रदेश सदस्य सचिव जयप्रकाश भट्टराईले बताउनु भएको छ ।
माघ २१ गते स्थापना दिवसको अवसरमा आयोजना हुने दौड प्रतियोगिता ५ किलोमिटर हुने बताईएको छ । प्रतियोगितामा तीन सय भन्दावढि प्रतिष्पर्धीले भाग लिने र जसमध्येबाट ६ जना पुरुष तथा ६ जना महिलालाई पुरस्कार प्रदान गरिने भएको छ ।
आगामी आइतवार राप्ती उपत्यका (देउखुरी), स्थित प्रदेशसभाको हल अगाडिदेखि विहान ८ वजेदेखि शुरु हुने जनाईएको छ । प्रतियोगितामा विजेतालाई २१ हजार, उपविजेतालाई १७ हजार, तृतिय १३ हजार, चौथोलाई ९ हजार, पाँचौलाई ५ हजार र छैठौं हुनेलाई जनही ३ हजार रुपैयाँ पुरस्कार दिईने प्रदेश खेलकुद परिषद्, लुम्बिनीले जनाएको छ ।