Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आहा रारा गोल्डकप : आर्मी र थ्रिस्टारबीच फाइनल खेल हुने


२०, माघ २०८०
  • 141
    SHARES
  • आहा रारा गोल्डकप : आर्मी र थ्रिस्टारबीच फाइनल खेल हुने

    कास्की । कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ ।

    पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब भिड्ने भएका छन् । 

    आर्मी क्लबले यसअघि चार संस्करणमा प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन ।  प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मीको मुख्य लक्ष्य च्याम्पियन बन्ने नै हुनेछ । 

    थ्रिस्टार क्बलले भने हालसम्म पाँच पटक उपाधि जितिसकेको छ । थ्रिस्टार  छैटौँ उपाधिको खोजीका लागि आज मैदानमा उत्रने छ । आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ सालमा  प्रतियोगिताको फाइनलमा पुगेको थियो । 

    पछिल्लो पटक आर्मी र थ्रिस्टार २०७५ सालमा फाइनलमा भिडेका थिए । तर त्यस बेला थ्रिस्टार नै च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँचवर्षपछि थ्रिस्टारसँग बदला लिने मौका आर्मीलाई छ । 

    थ्रिस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा प्रतियोगिताको उपाधि चुमेको थियो । प्रतियोगितामा हालसम्म सात पटक फाइनलमा पुगेको थ्रिस्टार २०७४ सालमा सम्पन्न १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

    जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलको पहिलो खेलमा राइजिङ स्टार फुटबल क्लबलार्ई हराएर विजयी सुरुआत गरेको थियो ।  क्वाटर फाइनलमा सङ्कटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई पराजि गर्दैै आर्मी फाइनल पुगेको हो । 

    थ्रिस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हराएको थियो । क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै उसले फाइनलमा स्थान बनाएको हो । 

    प्रतियोगिताको च्याम्पियन टोलीलाई रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजक सहरा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो ।

    पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने छन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend