Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै


२०, माघ २०८०
  • 154
    SHARES
  • प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै

    काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

    छैटौं संस्करणको फाइनल खेल आज बिहान ९:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पुलिस र आर्मीले उपाधिका लागि आमने सामने हुनेछन् । 

    अपराजित पुलिसले लिगका सबै ९ खेल जितेर शीर्ष स्थानमा रहँदा ९ खेल खेलेको आर्मीले ७ खेलमा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । 

    पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले खेलको कप्तानी गर्नेछन् । आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा आफ्नो दुई शतक पुरा गरिसकेका छन् । 

    २०१७ को प्रधानमन्त्री कप फाइनलमा वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए । २०१९ मा पुलिस र २०२१ मा आर्मीले उपाधि जितेका थिए । सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली पनि हो । 

    प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार तथा उदीयमान खेलाडीले १० हजार रुपैयाँ पाउने व्यवस्था छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend