Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यु-१९ क्रिकेट टोली स्वदेश फिर्ता


२२, माघ २०८०
  • 151
    SHARES
  • यु-१९ क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौं । दक्षिण अफ्रिकामा भएको एक दिवसीय क्रिकेटमा सहभागी भई नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।

    यु-१९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो । समूहचरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा अफगानिस्तानलाई पराजित गरेको थियो ।

    त्यस्तै सुपरसिक्समा बङ्गलादेश र भारतसँग पराजित भएको हो । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली यु-१९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताउनुभयो ।

    उहाँले नयाँ–नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताउनुभयो । विश्वकप एउटा सपना हुनेभन्दै उहाँले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने भनाइ राख्नुभयो ।

    कप्तान खनालले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रस्तुति समग्रमा राम्रो भएको र गुल्शन झाको प्रस्तुति भने बलिङमा राम्रो भए पनि ब्याटिङमा राम्रो हुन नसकेको जिकिर गर्नुभयो । 

    उहाँले गुल्शन झा नेपालका लागि कस्तो खेलाडी हो ? भन्नेकुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरू राम्रो खेली नै रहन्छन् भन्ने नहुने बताउनुभयो । उहाँले विश्वकपमा राम्रो स्टार्ट पाएर पनि ठुलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको गुनासो गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘‘नयाँ नयाँ खेलमा नयाँ कुरा सिकिन्छ, त्यो कुराहरू सिक्दै गइरहेका छौँ । विश्वकप भनेको एउटा सपना हुने रहेछ । ब्याटिङमा अलि राम्रो भइदिएको भए यो भन्दा राम्रो गर्न सकिन्थ्यो । 

    आकाश, सुवास, अर्जुनले राम्रो खेले । सधैँ राम्रो हुन्छ भन्ने हुँदै क्रिकेटमा । गुल्शनको राम्रो भएन । बलरमा राम्रो भयो उसको, ब्याटिङमा भएन । तर गुल्शन कस्तो खेलाडी हो भन्ने सबैलाई थाहा छ । कमब्याक पर्मानेन्ट कमब्याक जस्तो होस् बल्ल खुसी मिल्छ ।’’

    त्यस्तै, गुल्शन झाले समग्रमा विश्वकप राम्रो भएको बताउनुभयो । उहाँले बलिङमा राम्रो भए पनि ब्याटिङमा आफूले सोचेको जस्तो हुन नसकेको जिकिर गर्नुभयो । खेलमा सधैँभरि राम्रो नै हुन्छ भन्ने नसकिने र उतारचढाव भइरहने बताउनु भयो । समग्रमा विश्वकपबाट अनुभव लिएको बताउनुभयो ।

    त्यस्तै, आकाश चन्दले टिमले राम्रोसँग खेलेको बताउनुभयो । उहाँले सुपर सिक्समा पुग्नु नै देश र आफूहरूका लागि राम्रो कुरा भएको बताउनुभयो । त्यस्तै सुवास भण्डारीले पनि सुपर सिक्समा राम्रोसँग खेल्न नसकेको बताउनु भयो । उहाँले खेलबाट धेरै कुराहरू सिक्ने अवसर पाएको बताउनुभयो ।

    यु-१९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरूको प्रदर्शनीबाट खुसी रहेको बताउनुभयो । उहाँले विश्वकप समग्रमा राम्रो भएको बताउनुभयो । उहाँले यु-१९ टिममा राम्रा खेलाडीहरू भएकाले आगामी दिनमा नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

    प्रशिक्षक टमाटाले भन्नुभयो, ‘‘समग्रमा विश्वकप एकदमै राम्रो भयो । फ्यानहरूले एकदम सपोर्ट गरेको थियो । यु-१९ टिमले एकदमै राम्रो खेल्यो । यो मेरो लागि र नेपालको क्रिकेटका लागि एकदमै खुसीको कुरा हो ।

    वर्ल्डकप क्वालिफायर्स महत्त्वपूर्ण थियो, त्यो हामीले पार गरेका छौँ । विश्वकप जोर्नी टिम, मेरो र नेपाली क्रिकेटका लागि राम्रो हो । सबै सदस्य त्यति नै महत्त्वपूर्ण हुन्छन् । आफ्नो दिन भएकाले राम्रो खेले ।

    ब्याटिङमा गुल्शनको राम्रो हुन सकेन, उसको ब्याड लक नै हो । उसले धेरै कुरा सिकेको छ । आगामी दिनमा राम्रो गर्नसक्छ ।’’ विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend