Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पोखरामा एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप


२३, माघ २०८०
  • 130
    SHARES
  • पोखरामा एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप

    कास्की । पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ । पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ । 

    कोरोनाका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ । नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ ।

    प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेबसाइटमा राखिसकेको नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । 

    उहाँका अनुसार ट्रायथोलन च्याम्पियनसिपअन्तर्गत ट्रायथोलनको स्प्रिन्ट विधातर्फ प्रतिस्पर्धा गराइने छ । च्याम्पियनसिपमा गत वर्ष १८ देशका ५३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

    स्प्रिन्टअन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड हुनेछ । अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराइने छ ।

    दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुदैँ गौरीघाटमा पुगेर समापन हुनेगरी पुरानै रुटमा यथावत हुनेछ । च्याम्पियनसिपका लागि पोखरामा तयारी सुरु भएको छ । 

    सोमबार साँझ पोखरामा सङ्घका केन्द्रीय अध्यक्ष श्रेष्ठको उपस्थितिमा केन्द्र, प्रदेश तथा जिल्ला सङ्घका पदाधिकारीको बैठक बसेको थियो । बैठकमा विगतका संस्करणभन्दा यसपटक अझ भव्य बनाउने र तयारी सुरु गर्ने निर्णय गरेको छ ।

    सङ्घका केन्द्रीय अध्यक्ष श्रेष्ठले यस वर्षको च्याम्पियनसिपमा विश्व ट्रायथोलन सङ्घ र एसियन ट्रायथोलन एशोसिएसनका अध्यक्षलगायत उच्चस्तरीय व्यक्तिहरूको सहभागिता हुने भएकाले भव्य हुने बताउनुभयो । 

    गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी–व्यवसायीले अपनत्व लिनेगरी प्रतियोगिता सञ्चालन हुने बताइन्छ । 

    “एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनिसकेको छ । पोखराको प्रवर्द्धनका लागि च्याम्पियनसिपले ठूलो भूमिका खेलेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, 

    “पोखरामा ठूलो इभेन्ट हुने तर पोखरेलीको स्वामित्व नहुने अवस्था विगतमा थियो । तर यस वर्ष हामी त्यस्तो हुन दिँदैनौँ । विश्वका सम्पन्न देशले गर्नेभन्दा कुनै कमी च्याम्पियनसिपमा हुन दिँदैनौँ ।”

    सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक कोइरालाले पोखरा ट्रायथोलन च्याम्पियनसिपका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्ने बताउनुभयो । पोखरासहित समग्र देशको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनुभयो ।

    विगतमा विभिन्न कठिनाइका बाबजुद निरन्तरता दिइएको च्याम्पियनसिपमा पछिल्लो समय प्रदेश तथा जिल्ला सङ्घ बनेर अझै सहजरूपमा सम्पन्न हुने कोइरालाले बताउनुभयो ।

    नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष सुमन देवकोटाले च्याम्पियनसिप पोखरामा हुने सबैभन्दा बृहत् खेल इभेन्ट भएको बताउनुभयो । 

    च्याम्पियनसिप भव्य बनाउनका लागि विगतका कमजोरी सुधार गरिने उहाँले स्पष्ट पार्नुभयो। “विगतका कमजोरी दोहोरिन दिँदैनौँ र यस वर्षको प्रतियागिता अझै भव्य बनाउने छौँ”, देवकोटाले भन्नुभयो।

    गण्डकीको कार्यवाहक अध्यक्षमा शिशिर

    नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षमा शिशिर सुवेदी चयन हुनुभएको छ । सङ्घका अध्यक्ष सुमन देवकोटा गत पुसमा सम्पन्न अधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि सुवेदीले गण्डकीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।

    कार्यवाहक अध्यक्ष सुवेदीको संयोजकत्वमा आसन्न एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिपका लागि स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ । कार्यवाहक अध्यक्ष सुवेदीले पोखरेलीको अपनत्व हुनेगरी च्याम्पियनसिपको तयारीका काम सुरु भएको जानकारी दिनुभयो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend