Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ईप्रका बेलाटारीको नव-निर्मित भवनहरुको उद्घाटन सम्पन्न


२४, माघ २०८०
  • 519
    SHARES
  • ईप्रका बेलाटारीको नव-निर्मित भवनहरुको उद्घाटन सम्पन्न

    नवलपरासी । ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नव-निर्मित भवनहरुको उद्घाटन गरिएको छ।

    बुधबार एक कार्यक्रमका बिच नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले नवनिर्मित भवनहरुको उद्घाटन गर्नुभएको हो ।423735947_1344340529578724_2459948087649067145_n.jpgप्रतापपुर गाउँपालिका वडा नम्बर ९ मा अवस्थित भवनको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक कडायतले शान्ति शुरक्षाको सवालमा स्थानीयसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

    उहाँले भौतिक संरचनाको अभावमा सेवा प्रवाह समेत प्रभावकारी नहुने अवस्थामा आवश्यकता अनुसारको भवन बनाउन सहयोग गरेकोमा प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।423454603_352323537718158_3785702178506463485_n.jpgगाउँपालिका अध्यक्ष उमेश चन्द्र यादबले यस क्षेत्र भारतीय सिमा नाकासँग जोडिएको यहाँ सुरक्षा चुनौती बढी रहेको अवस्थामा सुबिधासम्पन्न भवन निर्माण हुनु निकै खुसिको कुरा रहेको बताउदै यहाँका जनताका अपेक्षा अनुसारका कामहरु गरिदिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले पूर्वाधार र आवश्यक उपकरण भएमा सहज तरिकाले जनतालाई सेवा दिन सकिने उल्लेख गर्नुृभयो।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखा प्रमुख ई रोशन सारुले लुम्बिनी प्रदेश सरकारको ३ करोड ३१ लाख ७१ हजार बढिको लगानीमा साढे दुई तल्लाको कार्यालय तथा ब्यारेक, भान्सा घर र स्नान घर निर्माण भएको जानकारी दिनुभयो ।

    उहाँले काभ्रेको क्षितिज निर्माण सेवा प्रालीले २०७९ असोज ११ गतेबाट निर्माण शुरु भएको भवन निर्माण कार्य २०८० पुस ११ गते निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। 

    ईप्रकामा ३३ प्रहरी दरबन्दी भएपनि प्रहरी निरीक्षकको नेतृत्वमा ५ जना महिला प्रहरीसहित ३५ प्रहरी कार्यरत रहेको प्रहरी सहायक निरीक्षक डिल्लीराज ढकालले जानकारी दिनुभयो।

    उहाँले पुरानो भवन रहेको स्थानमा नयाँ भवन बनेको बताउदै यो अवधीमा भाडामा कार्यालय सञ्चालन रहेको र बिहिवारदेखि नयाँ कार्यालयबाट सेवा प्रवाह हुने जानकारी दिनुभयो।

    कार्यक्रममा जिल्ला प्रहरी प्रमुख काजी कुमार आचार्य, प्रहरी निरीक्षक रेशम बोहरा, प्रकाश भुसाल लगायतले बोल्नुभएको थियो।423619403_911779783815930_6578855003200187720_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend