Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जनतालाई विश्वास दिलाउन सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ : महामन्त्री थापा


२४, माघ २०८०
  • 243
    SHARES
  • जनतालाई विश्वास दिलाउन सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ : महामन्त्री थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताउनुभएको छ ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको भरोसा गुम्दै गएको भन्दै जनताको भरोसा कायम गर्न  सरकारले सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने बताउनुभएको हो ।

    आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्ने गरि संसद र सरकारले आआफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकार नयाँ ढंगले काम गर्छु भनिराख्दा संसदीय समितिलाई समेत फरक ढंगले चलाउनुपर्ने धारणा राख्नुभयो ।

    थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा ठगीको धन्दाको मतियारलाई समेत कारवाही गर्दै जनतामा सुशासनको अनुभूति दिलाउनुपर्ने उहाँले बताउनुभयो । 

    त्यस्तै थापाले रुसमा अलपत्र परेका युवाहरूलाई फर्काउन सरकारले गरेका प्रयास अप्रयाप्त भएको बताउनुभयो । रुसमा अलपत्र परेका नेपालीहरूको उद्दारमा राज्यले सम्पूर्ण ताकत लगाउनुपर्ने उहाँको भनाइ छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend