Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश


२४, माघ २०८०
  • 151
    SHARES
  • दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश

    काठमाडौं । भारत दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।गएराति सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत लगातार पाँचौंपटक फाइनलमा प्रवेश गरेको हो ।

    सेमिफाइनलमा दक्षिण अफ्रिकाले दिएको २ सय ४५ रनको लक्ष्य भारतले ४८.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि सचिन दासले ९५ बलमा ११ चौका र एक छक्कासहित सर्वाधिक ९६ रन बनाए । 

    यस्तै, कप्तान उदय सहारनले ८१ रनको इनिङ खेले । दक्षिण अफ्रिकाका लागि क्वेना माफाका र ट्रिस्टन लुसले तीनरतीन विकेट लिए ।

    त्यसअघि बेनोनीस्थित विलोमूर पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको आयोजक दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४४ रन बनायो । उसका लागि लुआन–ड्रे प्रिटोरियसले ७६ र रिचर्ड सेलेट्सवेनले ६५ रन बनाए । बाँकी ब्याटरले भने ठूलो पारी खेल्न सकेनन् ।

    भारतका लागि राज लिम्बानीले ९ ओभरमा ६० रन दिएर सर्वाधिक तीन विकेट लिए । भारतले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेताको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अस्ट्रेलिया खेल्नेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend