बुटवल । बृजराज कुसहवाले हुलाकी सडकमा धुँवाधुलो उडेको बिषयमा बोल्दै धुँलोले स्थानीय बासीहरु आजित बनेकाले स्वास्थमा प्रतिकुल असर परेकाले उक्त धुँलोलाई बन्द नगरे पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको गाडि तोडफोड गर्ने चेतावनी दिए ।
गण्डक नदि संघर्ष समितिका अध्यक्ष दुजराज गुप्ताले पावर हाउसको उत्पादनको हिसाबमा १२ प्रतिशत पालिकामा आउनुपर्नेमा नआएको, विद्युत्, सिँचाइ र बाढी नियन्त्रण गर्ने सम्झौता भएपनि भारतले ३ हजार २ सय र नेपालले १ हजार २ सय क्युसेट पानी बाँड्नुपर्ने भएपनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरे ।
जिल्लाको सुर्यपुराका चन्द्रभान कोइरीले किसानहरुको उखुको बक्यौता रकम चिनी उद्योगहरुले नदिएकोप्रति पालिकाले पहल गरिदिनुपर्ने बताउँदै ७० वटा उखु क्रसरप्रति अन्याय हुँदै आएको बताए ।
भगवान प्रसाद भगतले बेलाटारी स्थित सडक र बस्ती व्यवस्थित नभएको, साँघुरो सडकका कारण उच्च दुर्घटनाको जोखिम बढेकोप्रति पालिकाले ध्यान दिनुपर्ने जनाए ।
सालिकराम अन्सारीले वडामा विनियोजन बजेट, वडास्तरबाट छनौट भएका योजनाहरुमा बजेट विनियोजनमा समावेश नहुनेमा रोष व्यक्त गर्दै बजेट विकासमुखी हुनुपर्नेमा तालिममुखीमा उन्मुख भएकोमा जिज्ञासा राखेका थिए ।
वडा न.८ का स्थानीय विश्वनाथ यादवले आफु वडाबाट हुने सेवा प्रवाहबाट असन्तुष्ट भएको उल्लेख गरे । विश्वबन्धु यादवले गुठी संस्थानको जग्गाको मालपोत तिर्न मालपोत कार्यालयमा छुट्टै व्यवस्था नभएको र जसका कारण नागरिकहरुले ब्यहोर्नु परेको सास्तीलाई पालिकाले आफ्नो मातहतमा ल्याएर बुझाउने व्यवस्था गरिदिन आग्रह गरे ।
पत्रकार आरपी उपाध्यायले पालिकाभित्र रहेका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री अभाव हुँदा नागरिकले सहजै पाउनुपर्ने सेवा प्रभावकारी नभएको, पालिकाले पत्रकारलाई पुरस्कृत गर्ने कार्यमा नगरेको र गण्डक नहरमा रहेको पुल जीर्ण अवस्थामा भएकाले समयमै ध्यान नदिए ठूलो क्षति पुग्ने सुझाए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासा, गुनासाहरुलाई सम्बोधन गर्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले कतिपय गुनासाहरुको समाधान भइसकेको र बाँकी रहेकाहरुलाई समाधान गरिने प्रतिबद्धता गरेका थिए ।
उनले भने ”पालिकाले अगाडि सारेका योजना, बजेटलाई फेल गराउन केही कर्मचारी र दलका केही तत्वहरु लागिपरेको भन्दै ती तत्वहरुको पनि आफुले विवरण लिएको जनाउँदै आगामी दिनमा पनि यस्तै गरिरहे कडा कदम चाल्ने जिकिर गरे । साथै अध्यक्ष यादवले पालिकाकालाई फेल गराउने खेलमा नलाग्न र त्यसको परिणाम नराम्रो हुनेमा जोड दिए ।