Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

क्यानडाविरुद्ध ओपनर कुशलको अर्धशतक


२५, माघ २०८०
  • 161
    SHARES
  • क्यानडाविरुद्ध ओपनर कुशलको अर्धशतक

    काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिज अन्तर्गतको जारी खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ४५ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्। ओडिआईमा उनको ७औँ अर्धशतक हो। 

    उनले एक शतक पनि प्रहार गरेका छन्। नेपाल अहिले १३औँ ओभरमा एक विकेट गुमाउँदै ७१ रन बनाएर खेलिरहेको छ। यो सिरिजका लागि मुख्य प्रशिक्षक मन्टी देसाईले युवा टोलीलाई अवसर दिएका छन्। 

    प्रधानमन्त्री कपमा प्लेयर अफ द सिरिज बनेका स्पिनर सूर्य तामाङ र रिजन ढकालले आजको खेलबाट ओडिआईमा डेब्यु गरेका छन्। 

    यो खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडा बीचको पहिलो ओडिआई हो। यो खेललाई दुई पुराना साथी मोन्टी देसाई र पुवुदु दसानायके बीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ।

    क्यानडा पहिलो पटक नेपाल आएको हो। हाल क्यानडाको मुख्य प्रशिक्षक रहेका पुवुदु, नेपाली क्रिकेटमा परिचित नाम हो। उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा टि-ट्वान्टी विश्वकपमा डेब्यु गरेको थियो।

    यस्तै, मोन्टी क्यानडाको ब्याटिङ कन्सल्ट्यान्ड हुँदै २०१९ मा मुख्य प्रशिक्षक बनेका थिए। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल एसोसिएट राष्ट्रमा बलियो छ। 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend