Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित


२५, माघ २०८०
  • 185
    SHARES
  • क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

    काठमाडौँ । क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।

    बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।

    जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमा समेटियो । 

    नेपालले दिएको लक्ष्य नजिक पुगेको क्यानडाले अन्तिम समयमा विकेट जोगाउन नसक्दा पराजय भोग्न बाध्य भयो । नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । 

    त्यस्तै ललित राजवंशीले दुई विकेट लिदाँ सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिएका थिए । क्यानडाका निकोलस किर्तोनले ६८ र पर्गत सिंहले ५० रनको पारि खेलेका थिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको इनिङ्स खेलेका थिए ।

    क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २ विकेट लिएका थिए । साहिद अहमदजई र हर्ष ठाकरले समान एक एक विकेट हात पारे ।

    घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेलेको हो । सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend