Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना  गाउँपालिका घोषणा


२६, जेठ २०८०
  • 1,715
    SHARES
  • परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना  गाउँपालिका घोषणा

     रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ। स्थानीय स्वामित्व र सहभागिता,पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको हो।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष प्रमुख सीता आचार्यले रोल्पालाई पूर्णखोप सुनिश्चितता जिल्लाका रुपमा घोषणाको तयारीमा लागेको बताईन् । उनले अनुगमन गर्ने क्रममा केही पालिकामा खोप नलगाएको भेटिए पनि सबैलाई खोप लगाउन आफुले निर्देशन दिएको बताईन् ।  अध्यक्ष आचार्यले रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका आठौं पालिकाको रुपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको बताउदै अब माडी गाउँपालिका र गंगादेव गाउँपालिका मात्रै बाँकी गरेको बताइन् । ।

    कार्यक्रममा परिवर्तन गाउँपालिका अध्यक्ष तथा  खोप समन्वय समितिका अध्यक्ष सुक बहादुर बुढा मगरले आफ्नो पालिकामा २३ जना बालबालिका छुट्न गएको बताउँदै आगामी दिनमा कोही पनि छुट्न नहुने बताउ । उनले १६ महिना देखि ५९ महिनाका बालबालिकालाई १३ प्रकारको खोप दिदै आएको बताउदै परिवर्तन गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न सफल भएको जानकारी दिए ।

    त्यसै गरी  जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेलले नेपाल सरकारको नियमित कार्यक्रम अन्र्तगत परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता हुन सफल भएको बताए। उनले रोल्पा जिल्ला निर्धारित समयमा पूर्णखोप सुनिश्चितता हुने बताउँदै गत सालमा पनि खोज र खोप भन्ने अभियानले गर्दा कोही पनि खोप लगाउनबाट बन्जित भएको जिकिर गरे ।  

    कार्यक्रममा परिवर्तन गाउँपालिका–१ का वडाध्यक्ष मैते बुढा मगर,परिवर्तन गाउँपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बुढा मगर,परिवर्तन गाउँपालिका–४ का वडाध्यक्ष मानसिङ बुढा,परिवर्तन गाउँपालिका–५ का वडाध्यक्ष दिल बहादुर वली,परिवर्तन गाउँपालिका–६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर लगायतले बोल्दै आगामी दिनमा वडाको तर्फबाट थप प्रभावकारी बनाउन सहयोग गर्ने बताए । । 

    त्यस्तै कार्यक्रममा हुरेक रोल्पाका अध्यक्ष भोलानाथ आचार्य,नेपाल कांग्रेस परिवर्तन गाउँपालिका सभापति खडक घर्ती मगर,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचीव कर्ण बहादुर बुढा मगर,परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगर,परिवर्तन गाउँपालिका लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानका अध्यक्ष लालबहादुर घर्ती मगरले यो अभियानमा आफुहरु साथ रहेको बताए ।

    कार्यक्रममा कार्यपालिकाका सदस्यहरु,टोल विकास समितिका संयोजकहरु,स्थानीय क्लबका अध्यक्षहरु,स्वास्थ्य संस्थाका प्रमुखहरु,वडा खोप समन्वय समितिका संयोजकहरु,स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रका खोप फोकल व्यक्तिहरु,महिला स्वास्थ्य स्वयम् सेवीकाहरु र स्वास्थ्य आमा समूहका अध्यक्षहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा खोप समन्वय समिति परिवर्तन गाउँपालिकाका सदस्य सचिव दिपक घर्ती मगर खोपको अवस्था र प्रभावकारीको बारेमा समेत प्रकाश पारेका थिए । 

    घोषणा अवसरमा परिवर्तन गाउँपालिका भित्रका वडा कार्यालय,विभिन्न स्वास्थ्य संस्थालाई प्रमाणपत्र वितरण गर्नुका साथै विभिन्न स्वास्थ्य संस्थामा कार्यक्रम स्वास्थ प्रमुख र स्वास्थ्य स्वयम सेवीकालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।त्यस्तै स्वास्थ्य संस्थामा कार्यरत अवकाश कार्यालय सहयोगीलाई समेत बिदाई गरिएको थियो।कार्यक्रममा परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमले  स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाका सह(संयोजक नन्दा बुढा मगरले गरेका थिए । 

    rolpa0.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend