Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालगन्जका पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान 


२६, माघ २०८०
  • 149
    SHARES
  • नेपालगन्जका पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान 

    बाँके । नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ । 

    नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक सबै काम सम्पन्न गरेर पोलमा बत्ती जडान गर्ने काम सम्पन्न गरिसकेको जानकारी दिनुभयो । 

    उहाँले राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

    सडकमा भूमिगत तार तथा पाइप बिछ्याउने काम तथा पोल गाड्ने काम सकाएर खम्बामा बत्ती तथा ‘कन्ट्रोलर’ जडानको काम पनि सकिएको निर्माण कम्पनीका इञ्जिनियर पदम थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब केही स्थानमा ‘फिनिसिङ’ गर्नुपर्ने काम सकाएर केही दिनभित्र नेपालगन्जमा ‘ट्राफिक लाइट’ बाल्छौँ ।”

    बत्ती जडान गरी सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवक बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिह्न, नियम, सङ्केतका बारेमा सचेतना समेत प्रदान गरिने जनाइएको छ । 

    सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौँसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्स्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुसन काठमाडौँले २०८० साल माघ २१ गतेभित्र काम सम्पन्न गर्नेगरी २०७९ साल पुस महिनामा रु एक करोड ५९ लाख (भ्याटसमेत)मा सो कामका लागि ठेक्का सम्झौता गरेको थियो । 

    पछिल्लो समय नेपालगन्जमा सवारी साधनको चाप बढेसँगै गएको थियो । यहाँका ट्राफिक व्यवस्थापनलाई ट्राफिक लाइटले दुर्घटना न्यूनीकरण र सहर व्यवस्थापनमा सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हरिकृष्ण सुवेदीले बताउनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend