Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुशील कोइराला स्मृति दिवसमा दौड प्रतियोगिता


२६, माघ २०८०
  • 152
    SHARES
  • सुशील कोइराला स्मृति दिवसमा दौड प्रतियोगिता

    मोरङ । पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा यहाँ महिला तथा पुरुषको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । 

    आज बिहान विराटनगरको महेन्द्र (जनआन्दोलन) चोकदेखि बगरगाछीसम्म चार किलोमिटरको दौड प्रतियोगिता भएको हो ।

    प्रतियोगितामा महिलातर्फ अंशु मण्डल, तुलसा खतिवडा र रोशनी साह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । 

    यसैगरी पुरुषतर्फ अमर यादव, याङ्देव राई र सुनिल मेहता क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

    विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विजयीलाई नगदसहित प्रमाणपत्र वितरण गर्दै खेलकुदका लागि आवश्यकपर्ने पूर्वाधार, प्रशिक्षण एवं सामग्री उपलब्ध गराउन नगरले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    उहाँले खेलकुदका माध्यमबाट नगर, प्रदेश र मुलुकको नाम विश्वमा राख्न खेलाडीले निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र कार्यक्रम संयोजक प्रकाश दाहालले खेलकुदका माध्यमबाट आजका युवालाई अनुशासित बनाई मुलुकको विकासमा लाग्न योग्य बनाउनुपर्ने धारणा राख्नुभयो । आज भएको प्रतियोगितामा महिला र पुरुष गरी ३३ जनाको सहभागिता थियो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend