Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गोल्ड मेडल ल्याउने एलबि नमुनाका दुई विद्यार्थीलाई सम्मान, बिजय र्‍याली समेत निकालियो


२६, माघ २०८०
  • 226
    SHARES
  • गोल्ड मेडल ल्याउने एलबि नमुनाका दुई विद्यार्थीलाई सम्मान, बिजय र्‍याली समेत निकालियो

    बुटवल । नेपालको प्रतिनिधित्व गर्दै ईन्डो नेपाल कराते च्याम्पियनसिपमा पदक विजेता दुई खेलाडी तथा प्रशिक्षकहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल १३ स्थित एलबि नमुना एकेडेमीका दुई छात्रा र दुई प्रशिक्षकहरुले पदक जितेको खुशियालीमा शुक्रबार नगर परिक्रमा सहित सम्मान गरिएको हो ।

    भारतको तेलंङ्गना प्रदेश करिमनगरमा भएको प्रतियोगिताको सिनियर ब्यक्तिगत कातामा मनिष पाण्डेले स्वर्ण, सिनियर टिम काता छात्रामा यमुना भट्टराई र स्मृति पाण्डे, सिनियर टिम काता पुरुषमा मनिष पाण्डे र अनुपम ज्ञवाली तथा कुमुते छात्रामा यमुना भट्टराई सेकेन्ड र स्मृति पाण्डे तेस्रो स्थान हासिल गरेका थिए।

    छात्रा स्मृति पाण्डे र रबिना भट्टराई कक्षा ९ मा अध्ययनरत छन । यसैगरि मनिष पाण्डे र अनुपम ज्ञवाली प्रशिक्षक हुन ।कार्यक्रममा विद्यालयका प्राचार्य मुकुन्दराज उप्रेतीले विद्यार्थीहरुबाट अन्तरास्ट्रिय मंन्चमा सफलता हासिल गरेर विद्यालयको गौरव बढाएको बताए । विद्यार्थीहरुमा नियमित अभ्यास कै कारण अन्तराष्ट्रिय स्तरमा पदक जित्न सफल भएको उनले बताए ।

    विद्यालयमा जिम्मेवारी दिएरै प्रत्येक शुक्रबारलाई रचनात्मक दिनका रुपमा विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए। पदक विजेता खेलाडीहरुलाई हौसला बढाउने गरि प्रचारात्मक रुपमा परिक्रममा गरिएको उनले बताए । दुबै छात्राहरु खेलमात्र नभई पढाईमा समेत अब्बल रहेको उनले बताए ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमराज बश्यालले ओझेलमा परेको विद्यालय शैक्षिकसंगै खेलकुद, नृत्य लगायत गतिविधिमा समेत उत्कृष्टता हासिल गर्दै आएको बताए । विद्यालयमात्र नभई रुपन्देही र नेपालकै झण्डा फहराउन सफल भएको उनले बताए ।

    खेलाडी राष्ट्रका गहनाका रुपमा मानिने हुदा पनि उनिहरुलाई ब्यावसायिक बनाउने गरि लाग्नुपर्ने उनले बताए । विद्यालयका पुर्व विद्यार्थी तथा प्रशिक्षक मनिष पाण्डेले नेपाल गोजुरियो कराते संघ अन्तरगत रहेर नियमित अभ्यास गराईदै आएको बताए ।सफलता हासिल गरेको बताए । ३ र ४ फ्रेब्रअरीमा भएको प्रतियोगितामा ३ विधामा ८ सय खेलाडीहरु सहभागी रहेका थिए ।

    कायृक्रममा खेलकुद संयोजक कृष्ण केसीले विद्यालयमा अहिले प्रशिक्षक नियुक्त गरेर नै नृत्य र कराते खेल प्रशिक्षण हुँदै आएको छ । त्यसैगरि क्रिकेट कोभिड संक्रमणबाट रोकिएको र निकट भविष्यमा फेरि संचालन गर्ने तयारीमा रहेको उनले बताए । विद्यालयमा ३० जना छात्रछात्राहरु नियमित प्रशिक्षणमा रहेका छन । विद्यालयमा ७ सय ५० जना विद्यार्थीहरु अध्ययरत छन भने ४० जना शिक्षक कर्मचारी कार्यरत छन ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend