रोल्पा।स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजा (LISA) को आ.व. २०७९/०८० को नतिजा सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरेको रोल्पा जिल्लाका स्थानीय तहहरुको नतिजा अनुसार रोल्पा नगरपालिका ८५.२५ प्रतिशत प्राप्त गर्दै पहिलो भएको छ।
सुनिल स्मृति गाउँपालिका ८१.७५ प्रतिशत प्राप्त गर्दै दोस्रो भएको छ।त्रिवेणी गाउँपालिका ८०.७५ प्रतिशत प्राप्त गर्दै तेस्रो भएको छ।परिवर्तन गाउँपालिका ८०.२५ प्रतिशत प्राप्त गर्दै चौथो भएको छ।लुंग्री गाउँपालिका ७४.२५ प्रतिशत प्राप्त गर्दै पाचौं भएको छ।
सुनछहरी गाउँपालिका ७४.०० प्रतिशत प्राप्त गर्दै छैठौं भएको छ।गंगादेव गाउँपालिका ६९.०० प्रतिशत प्राप्त गर्दै सातौ भएको छ।रुन्टीगढी गाउँपालिका ६६.२५ प्रतिशत प्राप्त गर्दै आठौं भएको छ।माडी गाउँपालिका ६२.०० प्रतिशत प्राप्त गर्दै नवौं भएको छ।थवाङ गाउँपालिका ६०.७५ प्रतिशत प्राप्त गर्दै दसौं भएको छ।