Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

क्यानडाविरूद्धको दोश्रो खेलमा पनि नेपाल विजयी


२७, माघ २०८०
  • 157
    SHARES
  • क्यानडाविरूद्धको दोश्रो खेलमा पनि नेपाल विजयी

    काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट अन्तर्गतको दोश्रो खेलमा पनि नेपाल विजयी भएको छ । 

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो । जितसंगै तीन खेलको सिरिजमा दुई खेल जित्दै एक खेल अगावै उपाधि पक्का गरेको छ । 

    जितका लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५ दशमलव १ ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय ८७ रन बनायो ।नेपालका लागि कप्तान रोहित पौडेलले ८७ रनको योगदान दिए । त्यस्तै देव खनालले ७६, अनिलकुमार साहले ५० रनको पारि खेले । 

    क्यानडाका हर्स थाकेर र इश्वरजोट सोहीले दुई दुई विकेट तथा साद विन जाफर र दिलप्रित बजवाले एक एक विकेट लिए ।त्यसअघि त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधित ६५ रन बनाए ।

    नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २–२ विकेट लिए त्यस्तै सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १–१ विकेट लिएका थिए । सिरिज अन्तर्गतको तेश्रोे खेल सोमबार हुनेछ । घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडासंग एकदिवसीय सिरिज खेलेको हो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend