Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रिमियर कप क्रिकेटः नेपालको दोस्रो जित


२८, माघ २०८०
  • 109
    SHARES
  • प्रिमियर कप क्रिकेटः नेपालको दोस्रो जित

    काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट–२०२४ अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ ।

    मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । 

    पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो । यस जितसँगै नेपालको २ खेलमा ४ अङ्क भएको छ । भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । 

    नेपालका लागि सीता रानामगरले अविजित ३२ रन बनाइन् ।तेस्तै रुविना क्षेत्रीले १७ रन बनाइन् । तेस्रो विकेटका लागि सीता र रुबिनाले अविजित ४८ रनको साझेदारी गरेका थिए । 

    कविता कुँवरले ५ रन बनाइन् भने इन्दु बर्मा १ रनमा आउट भइन् । भुटानका लागि अन्जु गुरुङ र अन्जुली घलेले समान एक/एक विकेट लिए । 

    यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६५ रनको योगफल बनाएको थियोे ।

    भुटानका लागि नवाङ छोडेनले सर्वाधिक २५ रन जोडिन भने, कप्तान डिचेन वाङ्मोले १७ रन बनाइन् । त्यस्तै, छिङि जाङमोले १६ रन बनाइन् ।

    नेपालका लागि कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले समान एक/एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल आगामी फागुन १ गते माल्दिभ्सको सामना गर्नेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend