अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड नं. ८ स्थित बालशिक्षा माध्यमिक विद्यालयका प्र.अ. राजेन्द्र पन्थीलाई घरवाट विद्यालय जाने क्रममा आज केही उच्छृङ्खल व्यक्तिहरुको समूहले मोटरसाइकल रोकी हातपात गरेका छन ।
सो घटनाप्रति जिल्लामा क्रियाशील पेशागत संघ संगठनले घोर आपत्ति प्रकट गर्दै उक्त व्यवहार गर्ने व्यक्तिहरुलाई पहिचान गरी कानुनी दायरामा ल्याई अविलम्व कारवाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेको छ।
नेपाल शि. संघकी अध्यक्ष शारदा भटराई,ने. रा.शि.सं.का अध्यक्ष ध्रुव ब. खत्री, ए.अ.ने.शि.सं का अध्यक्ष युवराज भुसाल, अ.ने.शि.सं. का सचिव शिवहरी भटराई, व अ.ने. शि. संगठन का अध्यक्ष लक्ष्मण वली,प्र.ने.रा.शि.सं. का अध्यक्ष दिनामणी बेल्वासे लगायतले घटनाप्रति घोर आपत्ति जनाउनुभएको छ ।
उक्त व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्नेमा जोड दिनुभएको कुरा प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।