Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण


२९, माघ २०८०
  • 251
    SHARES
  • वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

    अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता बितरण कार्यको थालनी गरीएको छ । वडा नम्बर १ का वडाध्यक्ष गोपाल खनालको पहलमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । 

    सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा, अपांग तथा एकल महिलालाई बैंकमा गएर लामो लाइन बसेर भत्ता लिन अप्ठेरो र दुःख भएपछि वडाध्यक्ष खनालले वडा कार्यालयबाटै भत्ता दिलाउनुभएको हो । वडादेखि बैक सम्म पुग्न लाग्ने समय र खर्च हुने रकम संगै सास्ती कम गर्न आफुले बैंकसंग अनुरोध गरेपछि बैंक पनी सहमत भई भत्ता वितरण गरिएको वडा अध्यक्ष गोपाल खनालले बताउनुभयो ।

    सामाजिक सुरक्षाको रकम लिन बैंकसम्म पुग्दा यातायात,खाना खाजा वापत धेरै रकम खर्च हुने र शारीरीक असक्तता भएकाहरुका लागी अझ बढि झन्झट हुने भएको थियो,वडाबाटै रकम बुझ्नपाउदा धेरै सजिलो भएको वार्ड नम्वर १ का जेष्ठनागरीक बेदप्रसाद खनालले बताउनुभयो ।

    वडा कार्यालयमै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरेका छन्,जसले गाडी चढेर घण्टौ लाइनमा बसी बैंकमा पुगेर भत्ता बुझ्ने परिपाटीको अन्त्य गर्दै आफ्नै वडा कार्यालयबाट सेवा पाएपछि वृद्धवृद्धा खुसी भएका हुन् । 

    स्थानीयस्तरमा कर्मचारी मार्फत रकम बितरण गर्दा दुरुपयोग भएको भन्दै संघिय संरचना पश्चात सामाजिक सुरक्षा वापतको रकम अनिवार्य बैंकमार्फत बितरण पर्ने गरीएको छ,जसले गर्दा भत्ता लिने वृद्धवृद्धा, अपांगहरुका लागी अझबढि झन्झट महसुस भएको थियो ।

    बैंककै कर्मचारीमार्फत वडाबाट रमक वितरण गर्दा रकम दुरुपयोगको सम्भाबना नहुने संगै समय र अन्य खर्चको समेत वचत भएको वडाअध्यक्ष खनालको भनाई रहेको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend