Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य


२९, माघ २०८०
  • 129
    SHARES
  • क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

    काठमाडौं । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन जोड्यो ।

    क्यानडाका लागि नवनित दलिवालले ५० रनको अर्धशतकीइ पारी खेले । ८२ बलको सामना गरेका उनी ललित राजवंशीको बलमा आउट भए ।

    त्यस्तै निखिल दत्तले ४५ रन थपेको खेलमा कप्तान साद विन जफरले ३१, हर्श थाकरले २९, श्रेयास मोभ्भाले २५ तथा श्रीमन्था विजयरत्नेले २२ रन जोडे ।

    बलिङतर्फ नेपालका हेमन्त धामीले तिन विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ५० रन खचिएर ३ विकेट लिएका हुन् । हेमन्तको आज डेब्यू खेल हो ।

    उनले राष्ट्रिय टिमबाट डेब्यू गर्दै डेब्यू खेलमै ३ विकेट चट्काउँदा कुशल मल्लले २ तथा ललितनारायण राजवंशी, पवन सर्राफ र आकाश चन्दले समान १ विकेट लिए ।

    यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ। फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।

    कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend